गाेविन्द गिरी मेचीनगर नगरपालिकाकाे प्रमुखमा उमेद्वारी दिने तयारीमा

A notice in Nepali from Mechinagar Ward No. 10

३ मंसिर, मेचीनगर : आगामी स्थानीय तहकाे निर्वाचनमा झापाकाे मेचीनगर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट गाेविन्द गिरीले नगर प्रमुखमा उम्मेदवारी दिने भएका छन् । याे समाचार तयार पारदासम्म उक्त पार्टीबाट कसैले पनि घाेषणा गरेका छ‌न् ।

आफ्नाे जन्मदिनकाे अवस पारेर झापा मेचीनगर नगरपालिका- ०६ काँकरभिट्टा निवासी गिरीले मेराे मेचीनगर डट कमसँग कुरा गर्दैँ पार्टीको माथिल्लाे तहबाट संकेत मिलेकाले उमेद्ववारी दिने तयारीमा रहेकाे बताए । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा प्रत्यक्ष निर्वाचनबाट दाेस्राे पटक उपाध्यक्षमा बाजी मारेका गिरी समाजमा निक्कै लाेकप्रिय छन् ।

समाजमा हुने हरेक क्षेत्रका समस्यामा उनी पुग्ने र समाधानकाे पहलकदमीमा उनकाे अग्रणी भूमिका रहन्छ । उनी सवैतिर निक्कै लाेकप्रिय छन् । समाजका जुनसुकै दल, जाति, समुदाय हुन हरेकका दुःख सुखमा उनी दिन रात नभनि पुग्ने गरेका छन् । त्यसैले पनि गिरीलाई एमालेजनले मात्र नभई सवैले मन पराउने र उनका हरेक गतिविधिकाे तारीफ गर्ने गरेका छन् ।
उनले भित्रिरूपमा मतदाता भेटघाट समेत शुरू गरेकाे स्राेतकाे भनाई छ । स्राेत भन्छ, “उनलाई सवैले मन पराउछन, अहिले हाेइन उहिलेदेखिनै उनी हरेकका घरदैलाेमा पुगेर सारागारा, अप्ठयाराका विषयमा साेधीखाेजी गर्छन, सकेकाे सहयाेग गर्छन् । “

त्यसैले पनि आगामी स्थानीय तह निर्वाचनमा झापा मेचीनगरकाे नगर प्रमुख पदमा प्रतिस्पर्धा गर्ने उनकाे साेच छ । अझ आफू आबद्ध दलसहित समाजका हरेकक्षेत्रबाट उनले समाजमा पुर्याएकाे याेगदानकाे प्रशंसा हुने गरेकाले पनि उनलाई निर्वाचनमा उमेद्वार बन्न बल मिलेकाे बताए । आफ्नो ज्ञान, अनुभव र विज्ञता नगरको समग्र विकास र सुशासनमा खर्चिने प्रतिबद्धतासहित उनले नगर प्रमुख पदमा उम्मेद्वारी दिने बताएका छन् ।

२०५९ सालमा नेपाल कम्युनिस्ट पार्टीको साधारण सदस्य लिएका गिरीले हालसम्म पार्टीको कुनै माथिल्लाे पदमा नपुगेकाे, एमालेकाे साधारण सदस्य भए पनि समाजमा दलिय विभेद कसैलाई नगरेकाे, हरेकका दुःख सुखमा पुग्ने गरेकाे र तन,मन, वचनले सक्ने सहयाेग गर्ने गरेकाे उनका छिमेकीहरू बताउँछन् । गिरी देशभरका साना शहरी खानेपानीहरूकाे छाता संगठन राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघकाे सह काेषाध्यक्ष हुन् । बाहिरीरू निक्कै कडा देखिने गिरीकाे भित्री रूप मिहिनेती , मिलनसार, मृदभाषी, परिश्रमी छ ।

गिरी सँगकाे यसै विषयमा केन्द्रीत संवाद मात्र meromechinagar.com मा हेर्न र सुन्न सक्नु हुन्छ । प्रशारणकाे तयारीमा छ ।

स्थानीय तह निर्वाचन मिति घाेषणा हुन बाँकी नै छ । निर्वाचन आयाेगले २०८३ चैत ५ गतेकाे डेडलाइन दिएकाे छ । आयाेग प्रवक्ता नारायण भट्टराईका अनुसार निर्वाचन गराउन १२० दिन चाँहिन्छ , २०७९ जेठ ५ गते बाट बहाल भएका अहिलेका जनप्रतिनिधिकाे कार्यकाल सकिन भन्दा २ महिना अघि निर्वाचन गराई सक्नुपर्छ ।

आयाेगले भाेली मंसिर ४ गते नेपालका राष्ट्रिय राजनीतिक दललाई छलफलका लागि बाेलाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.