मोतिहारी-सर्लाही ग्यास पाइपलाइन निर्माण: भारतीय निर्णयको प्रतीक्षामा नेपाल

मोतिहारीदेखि सर्सम्म ग्यास पाइपलाइन र भण्डारणगृह निर्माणका लागि नेपाल आयल निगमले प्रस्ताव पठाए पनि दुई वर्षदेखि इन्डियन आयल कर्पोरेसनको निर्णय कुरिरहेको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
मोतिहारी-सर्लाही ग्यास पाइपलाइन सम्भावित क्षेत्र

📌 मुख्य बुँदाहरू:

  • मोतिहारीदेखि नेपालको सर्लाहीसम्म ग्यास पाइपलाइन निर्माणका लागि भारतको निर्णय पर्खाइमा नेपाल
  • सर्लाहीमा ५० हजार मेट्रिक टन क्षमताको ग्यास भण्डारणगृह निर्माण गर्ने प्रस्ताव
  • पाइपलाइन र भण्डारणगृह निर्माणका लागि करिब २७ अर्ब रुपियाँ लाग्ने अनुमान
  • ग्यास आपूर्तिमा हुने अवरोधको दीर्घकालीन समाधानका लागि पाइपलाइन उपयुक्त विकल्प

भारतको मोतिहारीदेखि नेपालको सर्लाहीसम्म ग्यास पाइपलाइन निर्माणका लागि प्रक्रिया अघि बढाउन नेपाल भारतीय निर्णयको प्रतीक्षामा रहेको छ। दुई वर्षदेखि इन्डियन आयल कर्पोरेसनसँग नेपाल आयल निगमले यस विषयमा विभिन्न चरणमा छलफल गर्दै आए पनि ठोस निर्णय नआउँदा यसले औपचारिकता पाउन सकेको छैन।

निगमका अनुसार ग्यास आपूर्तिमा देखिने समस्याको दीर्घकालीन रूपमा समाधान गर्न पाइपलाइन उपयुक्त विकल्प हुने निष्कर्षसहित यो प्रक्रियामा जोड दिइएको हो। अहिले निजी क्षेत्रसँग १० हजारदेखि १२ हजार मेट्रिक टन बुलेटमार्फत ग्यास भण्डारण गर्ने क्षमता रहे पनि सरकारसँग भण्डारणको कुनै व्यवस्था छैन। सरकारसँग ग्यास भण्डारण नहुँदा आपूर्तिमा सामान्य अवरोध हुँदा पनि बजारमा ग्यासको अभाव हुने गर्दछ। भूकम्प, अघोषित नाकाबन्दी र पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण आपूर्तिमा अवरोध भई बजारमा ग्यासको अभाव हुने गरेको छ। अहिले भारतीय नम्बरका बुलेटमार्फत ग्यास आयात हुँदै आएको छ।

भण्डारणगृह निर्माण र लागत अनुमान

ग्यास ढुवानीबापत अहिले नेपालबाट वार्षिक छ अर्ब रुपियाँ बाहिरिने निगमले जनाएको छ। आपूर्तिमा अवरोध हुनासाथ बजारमा अभाव हुने भएकाले सर्लाहीसम्म पाइपलाइनबाट ग्यास ढुवानी गर्ने र एक महिनालाई पुग्ने गरी भण्डारणगृह निर्माण गर्ने निगमको योजना छ। सर्लाहीको हरिपुरमा निगमको १५ बिघा जग्गा रहेको छ र एक महिनाको बजार माग धान्ने गरी ५० हजार मेट्रिक टन क्षमताको ग्यास भण्डारणगृह निर्माण गर्न प्रस्ताव गरिएको छ।

इन्डियन आयल कर्पोरेसनका तर्फबाट जग्गाको सर्वेक्षण प्रतिवेदन माग गरेकोमा त्यो पठाइसकेको निगमले जनाएको छ। पाइपलाइन निर्माणको लागत ११ अर्ब भारतीय रुपियाँ र नौ अर्ब नेपाली रुपियाँसहित कुल २७ अर्ब रुपियाँ अनुमान गरिएको छ। भण्डारण स्थलमा दैनिक एक सय वटा ग्यास बुलेट लोड र अनलोड गर्न सक्ने अत्याधुनिक बुलेट लोडिङ गर्ने टिएलएफ सेड समेत निर्माण गर्ने गरी प्रस्ताव गरिएको छ। मोतिहारीदेखि सर्लाही ११० किलोमिटर दूरीमा रहेको छ।

यसअघि इन्डियन आयल कर्पोरेसनको सहयोगमा निर्मित मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरी २०७६ सालदेखि नियमित रूपमा सञ्चालनमा छ। पाइपलाइनबाट पेट्रोल र डिजेलको आयात नियमित भइरहँदा बजारमा आपूर्तिमा धेरै ठुलो समस्या नरहेको निगमले जनाएको छ। ग्यासमा भने आपूर्तिमा समस्या हुनासाथ बजारमा अभाव हुने भएकाले यसको दीर्घकालीन समाधानका लागि पाइपलाइन परियोजना महत्त्वपूर्ण मानिएको छ।

📄 प्रेस विज्ञप्ति / सूचना

Author
📄 Author
नमोबुद्धको ऐतिहासिक मेला
📄 नमोबुद्धको ऐतिहासिक मेला
सुनको मूल्य अझै घट्न सक्ने
📄 सुनको मूल्य अझै घट्न सक्ने
बढ्दै छन् कफी पारखी
📄 बढ्दै छन् कफी पारखी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.