ताप्लेजुङबाट बेपत्ता भएका तीनै किशोरी झापाको बिर्तामोडबाट सकुशल उद्धार

मंसिर ३ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेका उनीहरूलाई प्रहरीले बिर्तामोडको नयाँ बसपार्क क्षेत्रबाट फेला पारेको हो।

A notice in Nepali from Mechinagar Ward No. 10
झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय परिसर

📌 मुख्य बुँदाहरू:

  • ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाबाट बेपत्ता भएका तीन किशोरी झापाको बिर्तामोडमा फेला परेका छन्।
  • परिवारको निवेदनपछि प्रहरी निरीक्षक मनिष लुइँटेलको नेतृत्वमा खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो।
  • किशोरीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बिर्तामोड जनाएको छ।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाबाट बेपत्ता भएका तीन किशोरीलाई झापाको बिर्तामोडबाट प्रहरीले सकुशल उद्धार गरेको छ। परिवारको सम्पर्कबाहिर रहेर बेपत्ता भएका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले नयाँ बसपार्क क्षेत्रबाट फेला पारेको हो।

प्रहरीका अनुसार मंसिर ३ गते सिरिजङ्घा गाउँपालिका–७ फरेका १६ वर्षीया तुममाया लिम्बू (आइस्मा), उनकी १३ वर्षीया बहिनी मुनुलुङ लिम्बू र सोही ठाउँका बिरहाङ लिम्बूकी १६ वर्षीया छोरी बिनु लिम्बू घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए। परिवार र आफन्तले विभिन्न ठाउँमा खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेको थिएन।

किशोरीहरू बिर्तामोड आसपासमा हुन सक्ने आशंकामा आफन्तले शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडमा खोजीका लागि निवेदन दिएका थिए। निवेदनसँगै प्राप्त हुलियाको आधारमा प्रहरी निरीक्षक मनिष लुइँटेलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।

सकुशल उद्धार र परिवारलाई जिम्मा

आफन्तसँगको समन्वयमा खोजी तीव्र बनाएको प्रहरी टोलीले आइतबार बिहान ९ बजेर २५ मिनेटमा बिर्तामोडको नयाँ बसपार्कबाट उनीहरूलाई फेला पारेको हो। प्रहरीका अनुसार किशोरीहरू शंकास्पद अवस्थामा फेला परेका थिएनन्। आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई सुरक्षित रूपमा आफन्तको जिम्मा लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.