नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान झापाको मेचीनगरमा प्रभावकारी

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
६ मंसिर, मेचीनगर : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मेचीनगर समितिले नगर पार्टी कार्यालय मेचीनगर– ७ इटाभट्टामा पत्रकार सम्मेलन गरी अभियानका बारेमा जानकारी गराएको हो ।
गएको फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट आएको नतिजाले मुलुकभित्र र बाहिर प्रतिक्रियावादीहरुले नेपालमा कम्यूनिष्ट आन्दोलन सिद्धियो, धराशायी भयो भन्ने हिसावले नकरात्मक प्रचार चलाएको पार्टीका केन्द्रीय सदस्य एवम् राष्ट्रिय जागरण अभियानका मेचीनगर समन्वय प्रमुख बासु दुलालले पत्रकार सम्मेलनमा बताए ।
त्यसकारण पनि पार्टीले आफ्‌नो संगठन कस्तो छ, आगामी दिनमा कसरी अघि बढ्ने ? पार्टीलाई कसरी मजवुत बनाउने ? नेपालको स्वाधिनताको रक्षा गर्ने सन्दर्भमा बलियो शक्ति कसरी बनाउने ? जनतामा कम्यूनिष्ट पार्टीको भूमिका औचित्य र आवश्यकताका बारेमा जनस्तरसम्म बुझाउनु पर्छ भनेर अभियान सञ्चालन गरेको स्पष्ट पारे ।
प्रमुख दुलालले जागरण अभियानका क्रममा मेचीनगरमा हालसम्मका उपलब्धि र भए गरेका कामका बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए । मेचीनगरमा अभियान उत्साहजनक रुपमा एकढिका भएर अघि बढेको , नगरमा कार्यरत तह र तप्काका सवै नेता कार्यकर्ताबीचमा बलियो एकतासहित आफूहरु अघि बढेको नेता दुलालले स्पष्ट पारे ।
प्रत्येक पार्टी सदस्यदेखि जनताको घर आगनमा पूर्वजनमुक्ति सेना, वेपत्ता, शहीद परिवार,नेपालको कम्यूनिष्ट आन्दोलनमा विशिष्ट भूमिका खेलेका कम्यूनिष्ट आन्दोलनका अथक योद्धाहरुको घरमा श्रमजीवि मजदुर किसानवर्गको घरमा पुग्ने अभियानमा पार्टी रहेको उनले स्पष्ट पारे ।
नेता दुलालले अहिले मेचीनगरमा करीव तीनसय घर परिवारमा पुगेको बताए । मेचीनगरका कुल १५ वटा वडाहरुमध्ये ७ देखि ८ वटा वडामा पार्टीको एकता बैठक सम्पन्न गरेको समेत उनले पत्रकार सम्मेलनमा बताए । सदस्यता नविकरण अभियान मंसिर २५ गतेभित्र सकेर प्रत्येक वडाको वडाअधिवेशनमा केन्द्रित रहने पार्टीको योजना छ । शुरुका पार्टी सदस्यहरुमध्ये प्रायः सवैले नविकरण गरेको नेता दुलालले बताए ।
मेचीनगरमा उल्लेख्यरुपमा युवाहरुको आर्कषण देखिएको, प्रत्येक वडामा १० देखि १२ जना नयाँ सदस्यले पार्टी सदस्यता लिएको प्रमुख दुलालले बताए । करीव एकसय बढी नयाँ सदस्यता प्रदान गरिएको उनले दाबी गरे । आगामी दिनमा त्यो संख्या बृद्धि हुने विश्वास दुलालको छ ।

नेता दुलाल
पार्टी सदस्यता दिने वा नदिने पार्टी सदस्यता लिने बेला भए नभएकोलगायतका सवै कुरा विचार गरेर मात्र कम्यूनिष्ट पार्टीले आफ्‌नो सदस्य बनाएको हुनाले प्रक्रिया पुरा गरे मात्र सदस्यता प्रदान गरिने उनले बताए । आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग कार्यगत एकता हुने प्रवल सम्भावना रहेको नेता दुलालले बताए ।
पार्टीका मेचीनगर संयोजक खगेन्द्र सिग्देलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अभियानका क्रममा तल्लो तहसम्म पुगेर नागरिकका समस्या र मागहरू संकलन गरेर तिनलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी सम्बन्धित तहबाटै समाधान र आवश्यक कार्यक्रम सञ्चालनका लागि दबाब दिइने नेकपाले जनाएको छ पत्रकार सम्मेलनमा नेता दुलालले राजनीतिलाई स्वार्थीहरूको खेलका रूपमा व्याख्या गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे । पुराना दल र पुराना नेताले देशमा केही गरेनन् भन्ने भाष्यलाई मनोगत आरोपले होइन, तथ्य र प्रमाणका आधारमा जवाफ दिनुपर्ने उनको भनाइ थियो।
शहीद र योद्धाहरूले व्यक्तिगत स्वार्थका लागि नभई देशको प्रतिष्ठा उठाउन, जनताका पीडा सम्बोधन गर्न र विभेदमुक्त समाज निर्माणका लागि जीवन समर्पण गरेको उनले स्मरण गराए।
दलहरूले आफ्ना कमी–कमजोरीको समीक्षा गर्नुपर्ने तर राम्रो कामको जस नदिने र अपजस मात्र थोपर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानमा आँच आउने कुरा पार्टीलाई स्वीकार्य नहुने भन्दै उनले राष्ट्रियतालाई अभियानको सर्वोच्च प्राथमिकता बताए ।
अभियानका क्रममा संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा महँगी र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने कार्यक्रम गरिने पार्टीले जनाएको छ । पत्रकारहरुले राखेको जिज्ञाशामा पार्टीका केन्द्रीय सदस्य एवम् अभियानका उपप्रमुखहरु सविता भेट्वाल, मिलन राई, पार्टीका कोशी प्रदेश सदस्य एवम् झापा निर्वाचन क्षेत्र नम्बर १ का इञ्चार्ज ज्ञानेन्द्रप्रसाद भण्डारी, कोशी प्रदेश सदस्य एवम् मेचीनगर इञ्चार्ज राजकुमार (राजु) दाहाल, पार्टीका जिल्ला कमिटी सदस्य अपूर्व डाँगीलगायतले जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.