१३ मंसिर २०८३ ☀️ २३°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

हस्तमाया बस्नेतबाट ठगीमा परेको भन्दै ३५ महिला एकजुट, निष्पक्ष छानबिनको माग

आत्मीय सम्बन्ध बनाएर जग्गा कारोबार, ऋण सापटी र खाली चेक प्रयोग गरी करोडौँ रकम ठगी गरेको पीडितहरूको आरोप छ।

सेयर:

आत्मीय सम्बन्ध बनाएर जग्गा कारोबार, ऋण सापटी र खाली चेक प्रयोग गरी करोडौँ रकम ठगी गरेको पीडितहरूको आरोप छ।

📌 मुख्य बुँदाहरू:

  • रामेछाप घर भई काठमाडौंको शान्तिनगर बस्ने हस्तमाया बस्नेतविरुद्ध ३५ जना महिला ठगीको आरोप लगाउँदै एकजुट भएका छन्।
  • आफन्त र आत्मीय सम्बन्ध बनाएर विश्वास जितेपछि जग्गा कारोबार, सहकारी र ऋण सापटीको नाममा ठगी गरेको पीडितहरूको दाबी छ।
  • १० लाख लगानी गर्दा पाँचवटासम्म खाली चेक लिएर रकम असुलीपछि पनि अदालतमा मुद्दा हालेको पीडितहरूको आरोप छ।

काठमाडौं। रामेछापको साविक प्रीति गाविस भई हाल काठमाडौंको शान्तिनगरमा बसोबास गर्दै आएकी हस्तमाया बस्नेत (विष्णुमाया भनिने) बाट आर्थिक तथा जग्गा कारोबारका नाममा आफूहरू ठगीमा परेको आरोप लगाउँदै करिब ३५ जना महिला एकजुट भएका छन्। विभिन्न समयमा महिला समूह, सहकारी, ऋण सापटी तथा जग्गा किनबेचको कारोबारमा जोडेर आफूहरूलाई आर्थिक र कानुनी समस्यामा पारिएको पीडित महिलाहरूको आरोप छ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पीडित महिलाहरूले आफूहरूमाथि भएको भनिएको ठगीका घटनाबारे सार्वजनिक गर्दै निष्पक्ष अनुसन्धान र न्यायको माग गरेका छन्। पीडितहरूका अनुसार हस्तमाया बस्नेतले सुरुमा कसैलाई छोरी, कसैलाई बहिनी त कसैलाई दिदी भन्दै आत्मीय सम्बन्ध बनाउने र विश्वासमा लिएपछि आर्थिक कारोबारमा जोड्ने गरेकी थिइन्। विशेषगरी आर्थिक क्षमता भएका तथा रकम लगानी गर्न सक्ने महिलाहरूलाई सम्पर्कमा ल्याएर सापटी, ब्याज, महिला समूह र जग्गा कारोबारमार्फत आर्थिक लेनदेन गर्ने गरेको उनीहरूको आरोप छ।

१० लाख लगानीमा पाँचवटा खाली चेक लिएको आरोप

पीडितमध्येकी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–गोठाटार निवासी सुशीला कुमारी अधिकारीले आफूले १० लाख रुपैयाँ लगानी गर्दा हस्तमाया बस्नेतले पाँचवटा हस्ताक्षर गरिएका खाली चेक लिएको बताइन्। उनका अनुसार सुरुमा नगद कारोबार भइरहेको भन्दै चेकलाई सामान्य रूपमा लिइएको थियो। तर आफूले लगानी गरेको रकमको पाँच गुणासम्म असुल गरिसकेपछि पनि पुराना चेक भरेर अदालतमा मुद्दा हालिएको उनको आरोप छ।

अधिकारीले आफू र हस्तमाया बस्नेतबीच २७ लाख रुपैयाँ बराबरको कारोबार रहेको बताउँदै घर बैंकमा राखेर ४० लाख रुपैयाँसमेत दिएको दाबी गरिन्। कोभिड महामारी सुरु हुनुभन्दा राति ८ बजे नगद ४० लाख रुपैयाँ पुर्‍याएर आफू तराई गएको र जग्गा बिक्रीको प्रक्रिया अघि बढाएको उनको भनाइ छ। जग्गाको बैना भएपछि पैसा तिर्न तयार रहेको जानकारी गराउँदासमेत आफ्नो जग्गा रोक्का गरिएको उनले दुखेसो पोखिन्। उनका अनुसार छोरी कविता बस्नेतको नाममा ३४ लाख, छोरा भुपेन्द्रबहादुर बस्नेतको नाममा ३५ लाख र अन्य चेकसमेत प्रयोग गरी जग्गा रोक्का गरिएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।