१३ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नेपाली कांग्रेसद्वारा ‘लैङ्गिक समानता प्रतिष्ठान’ गठन, सरकारविरुद्ध सशक्त प्रतिपक्षको भूमिका खेल्ने चेतावनी

चार दिनसम्म चलेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ।

सेयर:

चार दिनसम्म चलेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ।

📌 मुख्य बुँदाहरू:

  • नेपाली कांग्रेसले ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको छ।
  • वर्तमान सरकारको कार्यशैलीले शासकीय स्वेच्छाचारिता बढाएको आरोप लगाउँदै कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने चेतावनी दिएको छ।
  • प्रेस स्वतन्त्रता र अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको भन्दै सरकारका जनहितविपरीतका निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ।

नेपाली कांग्रेसले महिला, बालबालिका तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको छ। चार दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी प्रयासहरूलाई थप संस्थागत र प्रभावकारी बनाउन उक्त प्रतिष्ठान गठन गर्ने भएको हो।

शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका निर्णयअनुसार सो प्रतिष्ठानले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू, लैङ्गिक तथा यौनिक अल्पसंख्यक एवं लैङ्गिक हिंसाबाट प्रभावितहरूको सम्मान, सुरक्षा र न्यायको अधिकारका लागि आवश्यक नीति, दृष्टिकोण र सुझाव प्रस्तुत गर्नेछ। साथै, पार्टीको आन्तरिक संरचनालाई थप समावेशी बनाउन निरन्तर पैरवी गर्ने तथा पार्टीभित्र हुने विभेद र हिंसासम्बन्धी गुनासोको संवेदनशील सुनुवाइ गर्ने जिम्मेवारी पनि प्रतिष्ठानलाई दिइएको छ।

सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि र खबरदारी

बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। सरकारका पछिल्ला गतिविधि र निर्णयले शासकीय स्वेच्छाचारिता बढाएको आरोप लगाउँदै उनले संविधान, लोकतन्त्र, विधिको शासन र जनजीविकाका सवालमा सरकारलाई खबरदारी गर्न कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। सरकार गठनको प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा लिएर संयमता अपनाइए पनि हाल आएर सरकारको सोच र चरित्रमाथि नै प्रश्न उठेको उनको भनाइ छ।

कांग्रेसले संसद्, संवैधानिक निकाय र राज्यका विभिन्न अङ्गहरूको अवमूल्यन हुने गरी सरकारले गतिविधि गरिरहेको आरोप लगाएको छ। संसद्प्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको पार्टीको ठहर छ। यसका साथै, मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको, महँगी बढेको र निजी क्षेत्रको आत्मविश्वास घटेकोप्रति पनि कांग्रेसले गम्भीर चासो व्यक्त गरेको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।