१३ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

हुम्लामा व्यावसायिक बन्दै कृषि: एउटै गाउँमा आठ सय क्विन्टलभन्दा बढी सिमी उत्पादन

सडक सञ्जालको विस्तार र सरकारी खरिदले हुम्लाका किसानको आम्दानीमा वृद्धि, एकै गाउँमा करोडौँको सिमी र लाखौँको स्याउ निकासी।

सेयर:

सडक सञ्जालको विस्तार र सरकारी खरिदले हुम्लाका किसानको आम्दानीमा वृद्धि, एकै गाउँमा करोडौँको सिमी र लाखौँको स्याउ निकासी।

📌 मुख्य बुँदाहरू:

  • हुम्लाको सिमकोट गाउँपालिकास्थित ठेहे गाउँमा मात्र आठ सय क्विन्टल ४० केजी सिमी उत्पादन भएको छ।
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रैथाने बाली खरिद गर्न थालेपछि किसानको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ।
  • कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लाबाट एक हजार ३७७.६ मेट्रिक टन स्याउ बाहिर निकासी हुँदा आठ करोड २६ लाख रुपैयाँ आम्दानी भएको छ।

कृषि सम्भावनाले भरिपूर्ण हुम्ला जिल्लामा व्यावसायिक खेतीप्रतिको आकर्षण बढ्दै गएको छ। यसैक्रममा जिल्लाको एउटै गाउँमा आठ सय क्विन्टलभन्दा बढी सिमी उत्पादन हुनुका साथै जिल्लाबाट करोडौँ मूल्यको स्याउ बाहिर निकासी भएको छ। सडक सञ्जालको विस्तार र बजारको सुनिश्चिततासँगै स्थानीय कृषकहरूको जीवनस्तरमा सुधार आउन थालेको छ।

जिल्लाकै घना बस्तीका रूपमा परिचित सिमकोट गाउँपालिका–१ र २ स्थित ठेहे गाउँका किसानहरूले यस वर्ष कुल आठ सय क्विन्टल ४० केजी सिमी उत्पादन गर्न सफल भएका छन्। वडा नम्बर २ का वडाध्यक्ष देवजङ बोहराका अनुसार यसअघि यस गाउँमा सिमीको व्यावसायिक खेती गरिएको थिएन। पछिल्लो दुई वर्षयता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लाको रैथाने बालीका रूपमा सिमी खरिद गर्न थालेपछि किसानले खेती विस्तार गरेका हुन्। हाल प्रतिकेजी दुई सय रुपैयाँका दरले ठेहे गाउँमा मात्र एक करोड ६८ लाख रुपैयाँ बराबरको सिमी उत्पादन भएको छ। ५६० घरधुरी रहेको यस गाउँमा प्रत्येक किसानले कम्तीमा पनि ३० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएको स्थानीय किसान जय भण्डारीले बताएका छन्। उच्च क्षेत्रमा उत्पादित सिमी स्वादिष्ट हुने भएकाले लिमिटेडले यसलाई सिधै काठमाडौँ लग्ने गरेको छ भने व्यक्तिगत रूपमा पनि व्यापारीहरूले खरिद गर्ने गरेका छन्।

स्याउ खेतीबाट आठ करोडभन्दा बढी आम्दानी

सिमीसँगै हुम्लामा उत्पादित स्याउले पनि राम्रो बजार पाउन थालेको छ। कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष हुम्लाका सातवटै गाउँपालिकाबाट उत्पादित स्याउ जिल्ला बाहिर बिक्री गरेर किसानले आठ करोड २६ लाख रुपैयाँ आम्दानी गरेका छन्। गत वर्ष करिब चार करोड रुपैयाँको मात्र स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढीले वृद्धि भएको कार्यालय प्रमुख चूडामणि पन्तले जानकारी दिएका छन्।

यस वर्ष हुम्लाको ६९० हेक्टर क्षेत्रफलमा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ। कुल उत्पादनमध्ये करिब २७.५२ प्रतिशत अर्थात् एक हजार ३७७.६ मेट्रिक टन स्याउ जिल्ला बाहिर पठाइएको छ। गाउँपालिकागत रूपमा सर्केगार्डबाट सबैभन्दा बढी ५०० मेट्रिक टन स्याउ निकासी भएको छ भने सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७.६, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ जिल्ला बाहिर गएको कृषि विकास कार्यालयले जनाएको छ। सडक सञ्जाल जोडिएसँगै कृषि उपजले सहजै बजार पाउन थालेपछि हुम्लाका किसानहरूमा व्यावसायिक खेतीप्रतिको उत्साह थप जागेको छ।

📄 प्रेस विज्ञप्ति / सूचना

Author
📄 Author
एउटै गाउँमा आठ सय क्विन्टलभन्दा बढी सिमी उत्पादन
📄 एउटै गाउँमा आठ सय क्विन्टलभन्दा बढी सिमी उत्पादन
एउटै गाउँमा आठ सय क्विन्टलभन्दा बढी सिमी उत्पादन
📄 एउटै गाउँमा आठ सय क्विन्टलभन्दा बढी सिमी उत्पादन
एउटै गाउँमा आठ सय क्विन्टलभन्दा बढी सिमी उत्पादन
📄 एउटै गाउँमा आठ सय क्विन्टलभन्दा बढी सिमी उत्पादन
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।