१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

आगामी मंसिर १८ गतेदेखि काठमाडौंमा सुरु हुने आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।

सेयर:

आगामी मंसिर १८ गतेदेखि काठमाडौंमा सुरु हुने आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।

📌 मुख्य बुँदाहरू:

  • नेपाल क्रिकेट संघ (क्यान) द्वारा सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा।
  • प्रतियोगिता आगामी मंसिर १८ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने।
  • टोलीमा राशिद खान र अभिषेक गौतमले स्थान बनाए पनि अनुभवी खेलाडी सोमपाल कामी भने अटाएनन्।
  • नेपालले मङ्सिर १८ गते इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने तालिका।

आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। आगामी मंसिर १८ गतेदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिताका लागि क्यानले शनिबार औपचारिक रूपमा टोली सार्वजनिक गरेको हो।

घोषित टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, रसिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम रहेका छन्। पछिल्लो समय घरेलु प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका रसिद खान र अभिषेक गौतमले टोलीमा स्थान बनाउँदा अनुभवी खेलाडी सोमपाल कामी भने टिम बाहिर रहेका छन्।

प्रतियोगिताको खेल तालिका र समीकरण

आइसिसी विश्वकप क्वालिफायर प्लेअफ आगामी मंसिर १८ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। प्रतियोगितामा नेपालसहित आठ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले मङ्सिर १८ गते इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

त्यसपछि नेपालले मङ्सिर २० गते युगाण्डा, मङ्सिर २४ गते युनाइटेड अरब इमिरेट्स (युएई), मङ्सिर २६ गते जर्सी, मङ्सिर २८ गते क्यानडा, पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतविरुद्ध खेल्ने तालिका रहेको छ। प्रतियोगितामा सहभागी आठ टोलीले एकअर्कासँग एक/एक खेल खेल्नेछन्। अंक तालिकाको शीर्ष चारमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।