१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

कामना सेवा विकास बैंक प्रतिष्ठित ‘साफा अवार्ड २०२५’ बाट सम्मानित

वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका आधारमा बैंक लगातार तेस्रो पटक दक्षिण एसियाली स्तरको यो सम्मान प्राप्त गर्न सफल भएको छ।

सेयर:

वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका आधारमा बैंक लगातार तेस्रो पटक दक्षिण एसियाली स्तरको यो सम्मान प्राप्त गर्न सफल भएको छ।

📌 मुख्य बुँदाहरू:

  • कामना सेवा विकास बैंक ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२५’ (साफा अवार्ड) बाट सम्मानित भएको छ।
  • बैंकले वित्तीय सेवा क्षेत्रतर्फको ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ प्राप्त गरेको हो।
  • आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनमा प्रस्तुत वित्तीय पारदर्शिता र सुशासनका आधारमा उक्त सम्मान प्रदान गरिएको हो।
  • यसअघि पनि बैंकका वित्तीय प्रतिवेदनले राष्ट्रिय स्तरका प्रतिष्ठित अवार्डहरू जितिसकेका छन्।

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेड दक्षिण एसियाली क्षेत्रको प्रतिष्ठित “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२५” (साफा अवार्ड) बाट सम्मानित भएको छ। बैंकले वित्तीय सेवा क्षेत्रतर्फ उत्कृष्ट वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धन गरेको भन्दै “सर्टिफिकेट अफ मेरिट अवार्ड” प्राप्त गरेको हो।

बंगलादेशको ढाकामा आयोजित एक विशेष समारोहमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो। बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभाका लागि तयार पारेको आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनमार्फत शेयरधनी तथा सरोकारवालाहरूलाई वित्तीय विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको आधारमा यो सम्मान जुटेको हो। विकास बैंकले यसअघि गत वर्षसमेत साफा अवार्ड जित्न सफल भएको थियो। लगातार तेस्रो पटक यस्तो अन्तर्राष्ट्रिय सम्मान पाउनुले बैंकको कर्पोरेट सुशासन र वित्तीय अनुशासन उच्च स्तरको रहेको पुष्टि गरेको छ।

राष्ट्रिय स्तरमा पनि उत्कृष्ट ठहरिएको प्रतिवेदन

साफाले दक्षिण एसियाली क्षेत्रका ११ वटा चार्टर्ड एकाउन्टेन्ट निकायहरूको सञ्जालमार्फत हरेक वर्ष वित्तीय प्रतिवेदनहरूको मूल्याङ्कन गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ। इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको सञ्जाल साझेदार यस संस्थाको सम्मानले नेपाली बैंकहरूको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गरेको छ।

यसअघि कामना सेवा विकास बैंकको उक्त वित्तीय प्रतिवेदन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट प्रदान गरिएको “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४” तथा “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२५” मा समेत वित्तीय सेवा क्षेत्रतर्फ “गोल्ड अवार्ड” बाट सम्मानित भइसकेको थियो।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।