१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

१२ हजार माछाका भूरा नष्ट

सेयर:

काँकरभिट्टा, २४ चैत | झापाको मेचीनगरमा मंगलबार विभिन्न प्रजातिका १२ हजार वटा माछाका भूरा नष्ट गरिएको छ । अबैधरुपमा नेपालतर्फ ल्याउदैं गर्दा नियन्त्रणमा लिएको माछाका भूरा नष्ट गरिएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको गस्ती टोलीले भारतबाट अबैधरुपमा आठवटा हन्डीमा राखेर नेपालतर्फ ल्याउदैं गर्दा झापाको मेचीनगर नगरपालिका —५ नकलबन्दास्थित एउटा चियाबगानक्षेत्रबाट मंगलबार विहान करिव सवा ७ बजेतिर ती माछाका भूरा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सुनिलसिहं दाहालले बताउनुभयो ।

नियन्त्रणमा लिएपछि आवश्यक कारवाहीकालागि पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टामा आवश्यक कारवाहीका लागि बुझाईएको थियो । पशु क्वारेन्टाइनका प्रतिनिधिहरुले सुरक्षाकर्मीसहितको रोहवरमा खाल्डोमा हालेर करिव डेढलाख रुपैयाँ मुल्य बराबरका माछाका भूरा नष्ट गरेको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।