मेचीनगरमा एउटै वडाका थप दुईजनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

मेचीनगर, २९ बैशाख | मंगलबार राति ८ बजेतिर झापा मेचीनगर नगरपालिकाका एउटै वडाको दुईजनको कोभिड १९ का कारण मृत्यु भएको छ । मेचीनगर —१० बस्ने ३९ वर्षीय एकमहिलाको मेची प्रादेशिक अस्पताल भद्रपुर र सोहि वडाका ६५ वर्षीय एक पुरुषको पुर्णटुङ्ग विर्तासिटी अस्पताल विर्तामोडमा मृत्यु भएको सम्बन्धित वडाले जनाएको छ ।

दुवै शव अस्पतालमा राखिएको भएपनि सम्बन्धित पक्षले यसलाई पुष्टि गर्न बाकी रहेकाले तथ्याङ्कमा नराखेको जनाएको छ । यो सँगै मेचीनगरमा कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको भाइरस संक्रमितका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि मेचीनगर ६ का एउटै वडाका दुई पुरुष र एकमहिलाको निधन भइसकेको छ ।

नगरमा यसको सक्रमण दर र मृत्युदर बढ्दै गएपछि नगरपालिकाले नगरवासीलाई सचेत रहन आग्रह गरेको छ । नगरप्रमुख विमल आचार्यले विश्व महामारीका रूपमा फैलिएको यो

कोरोना महामारीसँग जुध्न नगरवासीसहित सबैसँग सहकार्यका लागि नगरपालिकाले हात बढाएको बताउनुभएको छ । स्वास्थ्य सामग्रीको प्रयोग, अनावश्यकरुपमा घरबाट बाहिर नकिस्कने लगायत निषेधाज्ञालाई पूर्णरुपमा पालना प्रमुख आचार्यले आग्रह गर्नुभएको छ । कोभिड १९ को नयाँ भेरियन्टको भाइरस झनै खतरा देखिएकाले नगरवासीलाई सुरक्षित रहन भन्दैं संक्रमितहरुका लागि नगरपालिकाले ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित ३० बेड क्षमताको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको ,कोभिड १९ नियन्त्रण कार्यदलले सचिवलय स्थापना गरेर काम शुरु गरेको, स्थानीय सरकारले आफ्नो नगरका कोभिड संक्रमितहरुको सुविधाका लागि घरमै बसेरै अक्सिजन लगाउन मिल्ने सानो खाले अक्सिजनको ब्यवस्था गरेको, जो होम आइसोलेसनमा बसेकाछन उनीहरुका लागि तत्काल चाहिने आवश्यक औषधि नगरपालिकाले स्वास्थ्यकर्मीमार्फत घर घरमै पुर्याउने र श्वास फेर्न कसैलाई गाहे भए तत्काल सानो खालको अक्सिजन ग्यास समेत उपलब्ध गराउने व्यवस्था मिलाईएको नगर प्रमुख आचार्यको भनाई छ ।

कुनै पनि नगरवासीलाई कोभिड १९ को लक्षण देखा परे उपचार गर्न अस्पताल लैजानु पर्ने भए नगरपालिका परिसरमा दुईवटा एम्बुलेन्स तयारी अवस्था राखिएको र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, दिन विराएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्ने, कसैलाई कुनै अप्ठ्यारो परे तत्काल नगरपालिकामा सम्पर्क गर्न फोकल पर्सनको व्यवस्था गरी सम्पर्क नम्बर समेत सार्वजनिक गरेको, पीपीई सेट, सेनिटाईजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पर्याप्त खरिद गरी सकेको, ८ सय वटा भिटिएम मौज्दात राखेको उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.