मेचीनगरमा थप एकजनाकाे मृत्यु

काँकडभिट्टा , २९ बैशाख | अहिले भरखरै झापा जिल्ला मेचीनगर ६ का ५५ वर्षीय एक पुरूषकाे काेभिड १९ काे कारण मृत्यु भएकाे छ ।

तीनदिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारकालागि पुर्णटुङ्ग विर्तासिटी अस्पताल विर्तामाेड भर्ना गरिएकाे थियाे ।

पारिवारीक स्राेतका अनुसार उनकाे तत्कालै स्वाव संकलन गरि पीसीआर परीक्षण गर्दा काेभिड पाेजेटिभ देखिएकाे थियाे । अस्पतालले घटनाका बारेमा परिवारलाई जानकारी गराईसकेकाे बताईएकाे छ ।

याे सँगै मेचीनगरमा काेभिडका कारण मृत्यु हुनेकाे संख्या छ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.