जंगली हात्ती धपाउने क्रममा शिवसताक्षीका मेघराजको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

दमक । जंगली हात्ती धपाउने क्रममा आक्रमणमा परेर झापाका एक युवकको मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका–११, दुधेका मेघराज राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। घर नजिकै हात्तीको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति हात्तीले राईको घरमा आक्रमण गरेको थियो। घरको टाटी र छानो भत्किएको छ।

उनले घर जोगाउन हात्ती धपाउन खोजेका थिए। करीब ५० मिटर टाढा पुगेपछि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनको शव परीक्षणका लागि दमक अस्पतालमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.