प्रादेशिक अस्पताल भद्रपुरप्रति सेवाग्राहीको आर्कषण

A notice in Nepali from Mechinagar Ward No. 10
शल्यक्रिया कक्षमा आधुनिक विधिबाट बिरामीको उपचार गर्दै गरेका चिकित्सकहरू।

२८ साउन, भद्रपुर : झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल (साविकको मेची अञ्चल अस्पताल) प्रति पछिल्लो समय सेवाग्राहीको आर्कषण बढ्दो छ । जस्का कारण त्यहाँ उपचारका लागि पुग्ने विरामीको भीड निक्कै थामी नसक्नुको हुन्छ । यस अघिको मेची अञ्चल अस्पताललाई नाम परिवर्तन गरी प्रादेशिक अस्पताल बनाइएको हो ।

अस्पतालमा ओपीडी टिकट वा कुपन सामान्यतया बिहानदेखि दिउँसोसम्म काउन्टरबाट खुला हुन्छ । त्यही भएर विरामीहरु विहानै पुगेर टिकट वा कुपन लिएपछि आफ्‌नो पालो पर्खीएर बस्छन् । अस्पतालले विशेषज्ञ तथा गुणस्तरीय सेवा प्रदान गरेकै कारण यस अस्पतालप्रति सर्वसाधारणको आर्कषण बढेको हो ।

सामान्यदेखि निक्कै ठुल्ठुला शल्यक्रियाका लागि सुविधा सम्पन्न अप्रेशन थिएटर भएका कारण निजी अस्पतालमा लाखौं रकम तिरेर लिने सुविधा हजारौं रुपैयाँमा यही अस्पतालबाट सर्वसाधारणले पाईरहेका छन् । वरिष्ठ सर्जन डाक्टर रामबाबु खड्का र डाक्टर विनेश झाले दैनिकजसो अस्पतालमा ठुला साना दर्जनौं शल्यक्रिया गर्दै आएका छन् ।

हड्डी नशा जोर्नी बाथरोग विशेषज्ञ डाक्टर नवीन भटट्राई र डाक्टर अंकित श्रेष्ठ, महिला तथा प्रसुती रोग विशेषज्ञ डाक्टर विद्या पोखेरल, एलिजादेखि वरिष्ठ फिजिसियन डाक्टर मनिष सुवेदी डाक्टर आकाश कोइरालाको सेवा समेत विरामीले सरलरुपमा प्रादेशिक अस्पताल भद्रपुरमै पाउने गरेका छन् । त्यसले पनि विरामीको चाप त्यसै बढ्ने नै भयो । मनोचिकित्सक डाक्टर सवु काफ्‌ले र छाला रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा समेत विरामीले प्रादेशिक अस्पतालबाट सर्वसुलभ रुपमा पाउँदैं आएका छन् ।
अस्पतालमा बालरोग विशेषज्ञमात्र तीनदेखि चारजना छन् । आँखा रोग विशेषज्ञको संख्या पनि अस्पतालमा कम छैन् । नाक, कान, घाटीको विशेषज्ञ सेवा केही समयअघि सम्म भएपनि केही दिनदेखि निरन्तर हुने छ । विशेषज्ञहरुको सेवा एउटै छानामूनि पाए पछि विरामी पनि अन्यत्र जाने कुरै भएन् । सुविधा सम्पन्न प्रयोगशाला अनि जितेन्द्र झाको कमाण्डले पनि अस्पतालको प्रयोगशालालाई विश्वसनिय बनाएको छ ।

स्तन क्यान्सर जाँच गर्ने एक प्रकारको कम विकिरणयुक्त एक्सरे प्रविधि म्यामोग्राफीको सेवा उक्त अस्पतालमा भएकै कारण लाखौं रुपैयाँ खर्चेर निक्कै टाढा टाढा निजी अस्पताल धाउनु पर्ने बाँध्यताको अन्त्य भएको छ । इकोकार्डियोग्राफी सेवा समेत अस्पतालमा छ ।

अल्ट्रासाउण्ड भिडियो एक्स रे, डिजिटल एक्स रे, सिट स्क्यान सेवासहित भिडियो इण्डोस्कोपी सेवा शुरु भएसँगै ग्याष्ट्रिक, अल्सर, क्यान्सरलगायत रोगको पहिचान र उपचार गर्न सहज भएको छ । भिडियो इण्डोस्कोपी सेवाका लागि ३० लाखको लागतमा उपकरण खरिद गरी सेवा प्रदान गरिरहेको छ । स्वास्थ्य मन्त्रालयले अस्पताललाई बजेट विनियोजन गरेसगै हेमोडाईलाइसिस तथा भिडियो इन्डोस्कोपी उपचार सेवा एकैसाथ सञ्चालनमा ल्याएको थियो ।

तात्कालिन अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पिताम्बर ठाकुरको निक्कै लामो र अथक प्रयासमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको ५० लाखको लागतमा होमोडायलोसिस सेवा सञ्चालन शुरु भएपछि मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध छ । डायलोसिस गर्न नपाएर अकालमै मृत्यु हुनुपर्ने अवस्था यो सेवाले अन्त्य गरिदिएको छ । विभिन्न सिफ्‌टमा होमोडायलोसिस हुने गरेको छ ।

यी सेवा सहित खोप तथा परिवार नियोजन क्लिनिक, महिलाको पाठेघरको मुखको क्यान्सर जाच, भ्याक्सिन सेवा, डे्रसिङ सेवा स्तनपान परामर्श सेवा, मनोरोग परामर्श सेवालगायत थुप्रै ओपिडी सेवाहरु अस्पतालले प्रदान गर्दै आएको छ । सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम समेत प्रभावकारी छ । सरकारी अस्पतालप्रति नागरिकहरुको विश्वास कम भईरहेका बखत यस अस्पतालप्रति मानिसको आर्कषण बढ्नु सकरात्मक सन्देश पनि हो ।

जसरी यस अस्पतालले नागरिकको मन जितेको छ, त्यसै गरी सवै सरकारी अस्पतालहरूले अव नागरिकहरूको मन जित्ने गरी काम गर्न जरुरी छ । त्यसका लागि सरकारले पनि अस्पतालमा चिकित्सकको अभाव कम गर्न र विशेषज्ञ सेवालाई नियमित गर्नुपर्नेमा कदम चाल्नुपर्छ । यस अस्पतालमा अहिले विरामीले निजी अस्पताल जत्तिकै सुविधा पाउने अस्पताल प्रशासनको भनाई छ ।

केही समयदेखि अस्पतालले आफ्नो नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । सेवाग्राहीको अत्यधिक चापलाई ध्यानमा राख्दै अस्पतालले नयाँ र सुविधायुक्त भवनबाट यो सेवा थालेको हो । भवन जतिसुकै राम्रोनै भए पनि परबाट हेर्दा र चिरीच्याटट् देखिए पनि अस्पतालमा पर्याप्त स्रोत साधन नभए वा विशेषज्ञ डाक्टर नभए पछि प्रभावकारी सेवा दिन सकिन्न । प्रभावकारी सेवा नभएपछि सरकारी अस्पतालहरु प्रति नागरिकको विश्वास कम हुन्छ भन्ने कुरा सरकारले विर्सनु हुर्दैन् । स्वास्थ्य सामग्री, उपकरण, औजारहरूको पनि अभाव देखिनु हुदैैन् । डाक्टरहरु र स्वास्थ्य सामग्री, उपकरण, औजारहरूको अभावलाई कम गर्नका लागी तीनै तहका सरकार लार्ग्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.