सवारी साधन अनियन्त्रित हुँदा इटहरीका एक युवकको मृत्यु

इटहरी ।तीव्र गतिमा गुडिरहेको कार अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु भएको छ ।
आइतबार राति ११ बजेतिर इटहरी–धरान सडकखण्डस्थित चारकोसेमा सेउती पुल नजिकै धरानबाट इटहरी आउँदै गरेको प्रदेश १–०२–००२ च ४१६० नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक इटहरी उपमहानगरपालिका वडा नं. ४ बस्ने ३५ वर्षीय दुर्गा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कारमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बस्ने ३८ वर्षीय काशी चौधरी र संखुवासभाको मानेभञ्ज्याङ ३ बस्ने ३० वर्षीय उमेश पराजुली घाइते भएका छन् ।

उनीहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

चालकको सवारी चालक अनुमति पत्रर मापसे नखुलेको र तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.