सन्दर्भ : जेसीज सप्ताह, लक्ष्मीका विद्यार्थीलाई झोला र चप्पल वितरण

२१ जेठ, मेचीनगर : मेचीनगर लेडी जेसीजले झापाको मेचीनगर- ७ मा रहेको सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला र जुत्ता चप्पल वितरण गरेको छ ।

लेडी जेसीजको जेसीज सप्ताह २०२६ अन्तर्गत लक्ष्मी आधारभूत विद्यलायमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर झोला तथा चप्पल वितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नम्वर- ६ का वडा अध्यक्ष ललितबहादुर तामाङले कार्यक्रममा ३० वटा झोला तथा १० जोर चप्पल वितरण गरेका थिए । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि वडाध्यक्ष तामाङले प्राविधिक र गुणस्तरीय शिक्षामा ध्यान दिन विद्यालयलाई आग्रह गरे ।

मेचीनगर लेडी जेसीज अध्यक्ष रीता श्रेष्ठ प्रधानको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक अलिसा बुढाथोकी रिजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा निरौलालगायतको उपस्थिति रहेको थियो ।

विद्यालय परिसरमा आयोजित विद्यार्थीलाई झोला तथा चप्पल वितरण कार्यक्रममा मेचीनगर लेडी जेसीजका पूर्व अध्यक्ष उषा नेपाली श्रेष्ठलगायतले बोलेका थिए । । मेचीनगर लेडी जेसीज कोषध्यक्ष खीना (सरीता) निरौलाले आस्थावाचन र सन् २०२६ का महासचिव कृष्णकुमारी ‐कल्पना) उप्रेती प्रसाइ गरेकी थिईन् ।
जेसीजका अनिता शाहको छोरी अञ्जली शाहको जन्मदिनको अवसरमा आर्थिक सहयोग प्रदान गरिएको थियो भने विद्यार्थीहरुलाई फ्रुटी तथा लड्डुसमेत वितरण गरिएको थियो ।

लक्ष्मी आधारभूत विद्यालयमा विभिन्न क्षेत्रमा काम गर्ने अधिकाँश मजदुर, आर्थिक अवस्था न्यून भएका अभिभावकका छोराछोरीहरु अध्ययन गर्ने गरेको बताइएको छ । जेसीजले यस सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरेकोमा विद्यालयले धन्यवाद ज्ञापान गरेको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.