मोटरसाइकल दुर्घटना हुँदा वीरगञ्ज नेसनल मेडिकल कलेजका दुई विद्यार्थीको निधन

वीरगन्ज ।वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अध्ययनरत दुईजना विद्यार्थीको आइतबार बिहान मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

मृत्यु हुनेमा बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ।

वीरगन्ज– १५ भिस्वाको जिल्ला आयुर्वेद अस्पतालनजिकैको सडकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको यामाहा कम्पनीको आर १५ मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए।

मृतक दुवैजना नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबिबिएस अध्यनरत विद्यार्थी रहेको प्रवक्ता थापाले बताए। भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको उनले बताए।

मृतकलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धानका भइरहेको उनले बताए।

Leave a Reply

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.