६ असोज, मेचीनगर : झापाको झापा गाउँपालिका —३ झाँसीकी ४ वर्षीया विष्णुमाया दर्जीको पानीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार दिउँसो २ बजे उनी वेपत्ता थिईन् ।
स्थानीय मानबहादुर दर्जीको छोरी बिष्णुमायालाई खोजतलाश गर्ने क्रममा आज विहान ७ : १० बजेको समयमा घर नजिकै रहेको सानो माई खोलामा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृत टोलीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको र लास पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जनाइएको छ ।