पाँचथर । पाँचथरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो ।
मे १ त ६५७७ नंको ट्र्याक्टर सडकबाट करिब ३० मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा फालेलुङ–३ घर भएका ट्र्याक्टर चालक ४० वर्षीय अकलबहादुर लिम्बू, ४६ वर्षीय कर्ण राई र ३० वर्षीय मनकुमार राई घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


























