बिर्तामोडमा करेन्ट लागेर एक महिलाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

झापाको बिर्तामोड नगरपालिका-१०, फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो आफ्नै घरमा बिजुलीको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर ५५ वर्षीया तालामाई मर्डीको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले घरमा बिजुली बाल्ने क्रममा समस्या देखिएपछि तार हेर्न खोज्दा करेन्ट लागेको आशङ्का गरिएको बताएका छन्। घटना सम्बन्धमा प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया सुरु गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.