बाढीले बगाउँदा उदयपुरमा एक वृद्धको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

उदयपुर । उदयपुर चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित द्वार खोलाको बाढीमा बगेर शनिबार एक वृद्धको मृत्यु भएको छ ।

खोला तर्ने क्रममा बगेर चौदण्डीगढी नगरपालिका–७ बेल्टारका ६५ वर्षीय गुमशेर राईको मृत्यु भएको हो ।

दुई दिनयताको अविरल वर्षासँगै द्वार खोलामा बाढी आएको छ । बाढी आएकै समयमा खोला तर्ने क्रममा मृतक राई बगेर बेपत्ता भएका थिए ।

बेपत्ता राईलाई प्रहरी टोलीले खोजी गर्दा घटनास्थलबाट दुई सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

राईको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि बेल्टार स्वास्थ चौकी पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.