सिन्धुलीको फिक्कलमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

मध्यपहाडी लोकमार्गबाट जिप अनियन्त्रित भई नदीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु, चार जना घाइते र तीन जना बेपत्ताको खोजी जारी।

A notice in Nepali from Mechinagar Ward No. 10
सिन्धुलीको फिक्कलमा जिप दुर्घटना भएको सुनकोशी नदी क्षेत्र

📌 मुख्य बुँदाहरू:

  • सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सुनकोशी नदीमा खसेको छ।
  • दुर्घटनामा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्।
  • चालकको भनाइ अनुसार अन्य तीन जना यात्री नदीमा बेपत्ता भएका छन् र उनीहरूको खोजीका लागि गोताखोरसहितको संयुक्त टोली खटिएको छ।

सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने अन्य तीन जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र खाङसाङबाट खटिएको टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो। उद्धारका क्रममा घटनास्थलबाट तीन जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

घाइतेको उद्धार र बेपत्ताको खोजी कार्य

दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई प्राथमिक उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पठाइएको छ। घाइते हुनेहरूमा ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट (चालक), खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, सोही ठाउँकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्।

चालकको भनाइ अनुसार दुर्घटनापछि अन्य तीन जना यात्री नदीमा बेपत्ता भएका छन्। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटका सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोर टोलीसहितको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ। मृतकहरूको हालसम्म पहिचान खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.