मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय युवकको मृत्यु

तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा निधन भएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
झापाको मेचीनगरमा दुर्घटनाग्रस्त भएको मोटरसाइकलको फाइल तस्बिर

झापाको मेचीनगरमा हिजो राति भएको मोटरसाइकल दुर्घटनामा परी २७ वर्षीय एक युवकको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–११ स्थित मखन मिल नजिकैको भित्री कच्ची सडक खण्डमा भएको सो दुर्घटनामा स्थानीय युवकको ज्यान गएको हो।

हिजो राति करिब ९ः३० बजे तल्लो धाइजनबाट माथिल्लो धाइजनतर्फ जाँदै गरेको मे ८ प १३२१ नम्बरको १५० सीसीको यामाहा एफजेड मोटरसाइकल तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मेचीनगर–१२, सहरेडाँगी निवासी करिब २७ वर्षीय तिलकुमार पुरी गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा निधन र प्रहरी अनुसन्धान

टाउकोमा गम्भीर चोट लागेका पुरीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। तर, उपचारकै क्रममा राति करिब १०ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीव्र गति नै दुर्घटनाको मुख्य कारण रहेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.