लक्ष्मी उप्रेती
११ मंसिर, मेचीनगर : झापा जिल्ला स्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मेचीनगर नगरपालिकाले बाह्दशी गाउँपालिकालाई १४–० गोल अन्तरले पराजित गरेको छ । यो जीतसँगै मेचीनगरले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । उता बाह्दशी भने प्रतियोगिताबाट बाहिरिएको छ ।
झापाको मेचीनगर ६ काँकरभिट्टास्थित खेलमैदानमा खेलको सुरुवातदेखि नै आक्रामक खेलेको मेचीनगरका लागि नेहा मास्केले व्यक्तिगत ७ गोल गरिन् भने सम्झना कार्की र रेखा विष्टले २–२ गोल गरे । नयन राई, सुशील कार्की र खुशी राईले १– १ गोल गरे ।
विपक्षीको कमजोर प्रदर्शनको फाइदा उठाउँदै मेचीनगरले गोलको वर्षा गर्यो । बाह्दशी गाउँपालिकाका खेलाडीको कमजोर प्रदर्शनको फाइदा उठाएर मेचीनगरका खेलाडीहरुले एकपछि अर्को गोल गर्दै गोल वर्षा गर्दा खेल हेर्न गएका दर्शकहरु समेत निराश झै देखिन्थे ।
मेचीनगरले आजको खेलमा फराकिलो जित दर्ता गरेपछि सेमिफाइनल प्रवेशको गरे छ भने, उपाधिका लागि पनि बलियो सम्भावना बनेको छ । बाह्दशीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै मेचीनगरले गोलको वर्षा गरेको थियो ।
खेलको पहिलो हाफमा मेचीनगरले बाह्दशीको पोस्टमा ८ गोल गरेको थियो र खेल शुरु भएको ३ मिनेटमा मेचीनगरका लागि टिम कप्तान समेत रहेकी नयन राईले पहिलो गोल गरेकी थिईन् । पहिलो हाफको ८ औँ, १५ औँ र १८ औँ मिनेटमा मेचीनगरका लागि नेहा मास्केले ह्याट्रिक पुरा गर्दैं २६ औँ मिनेटमा थप अर्को गोल गरीन् । दोस्रो हाफको १४ औँ,२७ औँ र अन्तिम ३० औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई जिताउने नेहा खेलको वुमन अफ द म्याच घोषित भइन् । उनले एक हजार पाँच सय नगदसहित ट्रफी प्राप्त गरिन् । खेलका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रतियोगिता आयोजक संस्था महिला जनचेतना केन्द्र मेचीनगरका संस्थापक अध्यक्ष राधा प्रधान, वर्तमान अध्यक्ष सीता गुरुङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष तथा फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’लगायतले मास्केलाई नगदसहित ट्रफी प्रधान गरेका थिए ।
रेखा विष्टले २० औँ र २४ औँ, खुशी राईले २२ औँ, सुशीला कार्कीले २३ औँ, सम्झना कार्कीले दोस्रो हाफको ७ औँ र १६ औँ मिनेटमा गोल गरेका थिएभोलिको खेल अर्जुनधारा नगरपालिका र कचनकवल गाउँपालिकाबीच हुने महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरूङले जानकारी दिइन् । प्रतियोगितामा झापा जिल्लाभरिका नौवटा पालिका सहभागी छन् । १८ गते हुने प्रतियोगिताको विजेता टिमले नगद एक लाख ११ हजार रूपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित शील्ड, ट्रफी र प्रमाण– पत्र प्राप्त गर्नेछन् ।
बालविवाह अन्त्य तथा महिला सशक्तीकरणको उद्देश्यसहित बाल विवाह अन्त्य अभियानमा, महिलाको शक्ति खेल मैदानमा भन्ने मुख्यः श्लोगनसहित शुरू ‘झापा जिल्ला स्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगिता २०८३’ को प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघको रहेको छ । बालविवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरणका लागि सञ्चालित परियोजना अनुसार शुरू प्रतियोगिता नकआउटका आधारमा खेलाईने छ । झापाका छ वटा पालिकाम महिला खेलाडी नभएका कारण सहभागी नभएको बताईएको छ ।
