काँकरभिट्टा सहकारीको विशेष सम्मान मनमोहन अस्पताललाई

२८ कात्तिक, मेचीनगर ः झापाको विर्तामोडमा रहेको मनमोहन मेमोरियल समुदायिक अस्पताललाई मेचीनगरको एउटा सहकारी संस्थाले विशेष सम्मान प्रदान गरेको छ । सहकारी संस्थाले समय समयमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा संस्थाका सदस्यहरुलाई सेवा प्रदान गरेको भन्दैं काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारण सभाको अवसर पारेर शुक्रबार अस्पताललाई सम्मान गरेको हो ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले प्रदान गरेको उक्त सम्मान अस्पतालकातर्फबाट प्रेस संयोजक उमाकान्त खनालले ग्रहण गरेका थिए ।

सोहि अवसरमा संस्थाले महिलातर्फ उत्कृष्ट कारोवार गर्ने मीना थापा र पुरुषतर्फ आशिष ढुंगेल, नियमित बचतकर्ता स्वर्ण राईलाई जनही नगद एकहजार एकसय रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको थियो । सवैलाई कार्यक्रमका प्रमुख अतिथि सापकोटा, संस्थाका अभ्यक्ष भुपाल शिवाकोटीलगायतले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।

यसैबर्षबाट संस्थाले संस्थामा अहोरात्र योगदान पुर्याउने कर्मचारीहरुमध्येबाट कामको मुल्याङ्कनको आधारमा उत्कृष्ट कर्मचारी छनौट गरी नगद पाचहजार एकसय रुपैयाँ र सम्मान पत्रले सम्मान गरिने योजना अनुसार बजार प्रतिनिधि जीना थापालाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष भूपाल शिवाकोटीले साधारण सभाको उद्घाटन सत्रको सभापतित्व गदैं सञ्चालक समितिकातर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७९-८० देखि गत आर्थिक वर्ष २०८१-८२ को तीन आर्थिक वर्षमा संस्थाले भए गरेका गतिविधि प्रतिवेदनमा समेटिएको छ । जस्मा शेयर पूँजी, निक्षेप मौज्दात, जगेडा कोष, बैंक तथा नगद मौज्दात, ऋण लगानी फर्निचर तथा उपकरणमा कृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८१-८२ मा पुरुष शेयर सदस्य एकहजार ५३, महिला एकहजार एकसय दुई, अन्य १३ गरी कुल दुईहजार एकसय ६८ शेयर सदस्य संस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ । जुन शेयर सदस्य संख्या आर्थिक वर्ष २०७९-८० देखि गत आर्थिक वर्ष २०८१-८२ को तीन आर्थिक वर्षमा बढोत्तरी भएको छ ।

अघिल्लो आर्थिक बर्षदेखि शुरु भएको एकजहारभन्दा माथिका शेयर सदस्यहरुलाई लाभांस वितरण कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको, संस्थाका शेयर सदस्यहरुमध्ये राहत कोषमा आवद्ध भएका सदस्यहरलाई विगत बर्षबाट शुरु गरिएको राहत कोष कार्यक्रम कार्यविधि अनुसार निरन्तरता दिएको र आगामी वर्षहरुमा यस कोषलाई अझ बृद्धि गरी वितरण गर्ने प्रयत्न गरिने, तथा सदस्य हित केही सामाजिक कार्यहरु संस्थाले सञ्चालन गरेको अध्यक्ष शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष शिवाकोटीका अनुसार संस्थामा सवै कर्मचारी महिलामात्र रहेका र यसै आवबाट सवै कर्मचारी सामाजिक सुरक्षा कोषमा समाहित गरेको, महिला उद्यमीलाई चलनचल्ती भन्दा २ प्रतिशत कम व्याजमा ऋण लगानी गरेको जानकारी दिए । संस्थाले यसैवर्षबाट आफ्नै भवन निर्माणाक लागि जग्गा खरीदको प्रक्रिया शुरु गर्ने बताइएको छ ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले सहकारी संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्त विपरीत सञ्चालन भए संकटमा पर्ने भएको हुँदा हरेक सहकारी संस्था सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्ने बताएका थिए । सहकारीका बारेमा व्यापक रूपमा शिक्षा, तालिम र सूचना सम्प्रेषण गरेर सहकारीलाई सहकारीकै रूपमा सफलतासाथ लागू गर्ने राष्ट्रव्यापी अभियान सञ्चालन गर्नुपर्ने उनीहरुको जोड थियो । केही सहकारी संस्थाका गलत क्रियाकलापका कारण जनताको पक्षमा काम गर्ने अन्य सहकारी संस्थासमेत बदनाम भएको उनीहरुले बताए ।

सहकारी संस्थाहरूले सहकारीको मूल्य र मान्यताअनुसार काम गरेको खण्डमा मुलुकको आर्थिक विकास तथा समृद्धिमा ठूलो टेवा पुग्ने बताए । धेरै सहकारीहरूले देशमा रोजगारी तथा आर्थिक विकासमा ठूलो योगदान दिएकाले सहकारिताको भावनाअनुसार सञ्चालित संस्थाहरूको प्रवद्र्धन गर्न आवश्यक रहेको धारणा वक्ताहरुले राखेका थिए । केही व्यक्तिको गलत क्रियाकलापका कारण समग्र सहकारी संस्थालाई बदनाम गर्ने काम भएकाले राम्रो काम गर्ने सहकारीलाई राज्यले संरक्षण तथा सहयोग गर्न आवश्यक भएको धारणा राखिेका थिए । सहकारी क्षेत्रमा केही कमिकमजोरी भएको भन्दैं उनीहरुले ती कमिकमजोरीहरुलाई देखाएर यो क्षेत्रको बदनाम गर्ने काम कसैले पनि गर्न नहुने बताए । सहकारी सकियो, विग्रियो भन्ने भाष्य बनाउँदैं अपभ्रम फैलाएर आफ्नो फाइदा लिने काम कसैले लिन नहुने वक्ताहरुको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा, महेन्द्रद्वार बचता तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजकुमार ‐राजु) दाहाल, राष्ट्रि«य सहकारी बैक लिमिटेड धुलावारी शाखा प्रमुख प्रेमकुमार श्रेष्ठ, मेची सामुदाियक सेवा केन्द्रका काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेललगायतले उद्घाट सत्रमा बोलेका थिए । संस्थाका उपाध्यक्ष राजु कार्कीले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सवैलाई संस्थाका कार्य समिति सदस्य हस्तबहादुर आङ्गदम्बेले शब्दमार्फत स्वागत र कार्य समिति सदस्य रुद्रप्रसाद पोख्रेलले सहभागी सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

‘जति तारा भए पनि एउटै सूर्य काफी ’ पूर्व मन्त्री अर्याल

२९ कात्तिक, मेचीनगर :  नेपाल कम्यूनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिव पदमा अर्यालले लाखौं ताराहरुका सामुन्ने एउटै सूर्य काफी रहेको बताएकी...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.