तीन महिनामा ५७ करोड रुपैयाँ बढीका तयारी कपडा आयात : उपभोक्ताको रोजाईमा चिनियाँ कपडा

३० कात्तिक, मेचीनगर :  नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा हुँदै आयात हुने मुख्यः दश वस्तुमध्ये तयारी कपडा दोस्रो स्थानमा रहेको छ । चालु वर्ष २०८२-८३ को पहिलो तीन महिनामा काँकरभिट्टा नाकाबाट ५७ करोड रुपैयाँबढीका तयारी कपडा आयात भएका छन् । साउनदेखि असोजसम्म यस नाकाबाट ५७ करोड ३७ लाख ६० हजार रुपैयाँ मुल्य बराबरका ३७ लाख ६२ हजार सात थान तयारी कपडा नेपाल भित्रिएको मेची भन्सार कार्यालय काँकरभिट्टाको तीन महिने अभिलेखले देखाउँछ ।

तयारी कपडामा महिला, पुरुष र बालबालिकाले लगाउने सबैखाले पोसाक पर्छन् । तीन महिनाको अवधिमा नाकाबाट सबैभन्दा बढी आयात हुने १० सामग्रीको सूचीमा तयारी कपडा दोस्रो नम्बरमा छ । यसबाट २१ करोड २३ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयको अभिलेखले जनाएको छ । कूल राजस्व संकलनमा मुख्यः दश वस्तुको योगदान हेर्दा तयारी कपडाको योगदान ५ दशमलव ११ प्रतिशत रहेको छ ।

पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । यो अवधिमा चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार रुपैयाँ मुल्य बराबरको ६५ लाख ३७ हजार तीन सय ३६ किलो लिटर पेट्रोलियम पदार्थ आयात गर्दा दुई अर्ब २० करोड ६८ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कूल राजस्व संकलनमा मुख्यः दश वस्तुको योगदान पेट्रोलियम पदार्थबाट सवैभन्दा बढी ५३ दशमलव १५ प्रतिशत रहेको छ ।

कपडा सस्तोदेखि महँगोसम्म सबै उमेरका ग्राहकलाई मिल्दो हुँदा माग र आयात दुवै बढेको व्यवसायीहरुको भनाई छ । आयातित तयारी कपडाले नेपालका अधिकांश बजारमा पहुँच कायम गरेको आयातकर्ताहरुको भनाई छ । नेपाली व्यवसायीहरुले पनि चिनियाँ तयारी कपडा, चीन, थाइल्याण्ड हङकङबाट आयात भएका तयारी कपडा बढि विक्री गर्ने गरेका छन् । उपभोक्ताको आँखा सबैभन्दा पहिला चिनियाँ तयारी कपडामा ठोकिने भएकाले यहाँका अधिकाँश कपडा पसलहरुमा चिनियाँ तयारी कपडामै मोलमोलाइ हुने झापा मेचीनगर—६ काँकरभिट्टाका असलेसा फेन्सी स्टोरका सञ्चालक देवेन्द्र शिवाकोटीको भनाई छ ।

कुनैबेला चीन र बैंककका मात्रै कपडाले भरिने पसलमा पछिल्लो समय भारत तथा अन्य मुलुकमा उत्पादित तयारी कपडाले स्थान बनाउँदै लगेको उनले बताए । ‘महिला तथा पुरुषलगायत बालबालिकाहरुले लगाउने चिनियाँ जिन्स पाइन्ट, टिसर्ट, स्विटर, ज्याकेट तथा मौसम अनुसारका नेपाली बजारमा सबैभन्दा बढी खपत हुने तयारी कपडा हुन् ।’ शिवाकोटीले भने । स्वदेशी उत्पादनको तुलनामा विदेशी उत्पादन नै बजारको पहिलो रोजाइ भएको उनले थपे ।

हरेक दशैको अवधिमा उनले दुईदेखि पाँच लाख रुपैयँँसम्मको कारोवार गर्ने गरेको बताउँदैं शिवाकोटीले भने—‘२५ प्रतिशतमात्र स्वदेशी उत्पादन विक्री हुने गरेको छ । ’ अधिकाँश ग्राहकको रोजाईमा विदेशमा उत्पादन भएका कपडा पर्ने गरेको उनले बताए । चिनियाँ कपडा सस्तोदेखि महँगोसम्म सबै उमेरका ग्राहकलाई मिल्दो हुँदा माग र आयात दुवै बढेको उनी बताउँछन् ।

निम्न आय भएका ग्राहकदेखि मध्यम वर्गलाई लक्षित गरेर ननब्रान्डेड र ब्रान्डेड दुवै खाले कपडा चीनबाट आयात हुन्छ । त्यसैले चिनियाँ तयारी कपडाले नेपालका अधिकांश बजारमा पहुँच कायम गरेको हर्क फेन्सी पसल मेचीनगर —६ काँकरभिट्टाका सञ्चालक हर्कबहादुर फियाक लिम्बुले बताए । चिनियाँ लत्ता कपडाको मूल्य, गुणस्तर र डिजायन निकै लोकप्रिय भएकाले पनि ग्राहकले सहजै यस्ता कपडा रोज्ने गरेको उनले बताए । उनको पसलमा स्वदेशी भन्दा बढी अयातित कपडा विक्री हुने गरेको छ । काठमाडौं र स्थानीय होलसेलबाट खरीद गर्ने गरेका छन् । उनको पसलबाट अधिकाँश थाइल्याण्ड, चीन, हङकङमा उत्पादित कपडा पसलबाट विक्री हुने गरेको छ । स्वदेशी उत्पादन न्यून परिमाणमा विक्री हुने लिम्बुले सुनाए । जाडो, गर्मी वा जुनसुकै अवस्थाअनुसारको स्तरीय तयारी पोशाक आयात हुने गरेका कारण स्वदेशी उत्पादन संकटमा पर्ने गरेका छन् ।

चीनबाट ल्याएको कपडा नेपाली कम्पनीले तयार गरेको भन्दा स्तरीय, सस्तो र रुचाइने डिजाइनका छन्, त्यही भएर पनि तयारी कपडामा चीनकै मुख ताक्नुपर्ने अवस्था रहेको व्यवसायीहरुको भनाई छ । मौसमअनुसारको सबैखाले तयारी पोशाक विदेशी गार्मेन्टबाटै बजारमा उपलब्ध भएको व्यपारीको भनाई छ । पछिल्लो समय नेपालको तयारी कपडाको बजार समेत राम्रो रहेको बताईएको छ । आयातित भन्दा सस्तो मूल्यका कारण पनि बजारमा स्वदेशी कपडाको प्रयोग बढेको व्यवसायीको भनाई छ ।

विदेशी बजारले धानेको मागलाई सम्बोधन गर्ने तहमा नेपाली बजार पुगेको तर यसलाई सरकारको संरक्षण चाहिएको नेपाली कपडा उद्योगीहरुको भनाई छ । विदेशबाट नेपाल आयात भएका कपडा सस्तो हुने भएकाले ग्राहकको रोजाई त्यतै पर्ने छ । नेपाली कपडा उद्योगी विदेशबाट सामान भित्रिने प्रथा रोकिनु पर्नेमा जोड दिन्छन । गर्मी सकिंदै गरेको जाडो सुरु भएका कारण अहिले जाडोका कपडा र दशैंअघि पुरुष तथा महिलाका लागि हलुका खालका तयारी पोशाकको माग बजारमा उच्च रहेको व्यवसायीहरुले बताएका छन् । अहिले महिला पुरुष दुवैका लागि हुने टिसर्ट, कटन तथा हलुका कटराइज पाइन्ट, सर्ट, जिन्सका कपडा र हुडीदेखि विनचिटरको माग धेरै रहेका कपडा पसल सञ्चालकले जनाएका छन् ।

तस्वीर फायल हुन्

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

डिभिजन वन कार्यालय झापाले हात्तीबाट सवाधान रहन गस्ती र माइकिङ गर्न सुरु

३० कात्तिक, मेचीनगर :  डिभिजन वन कार्यालय झापाले पूर्वपश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीबाट सवाधान रहन सर्वसाधारणलाई अपील गर्दै गस्ती र...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.