सूर्याेदय टिभि एण्ड मिडिया प्रालि र होटल अश्वत्थबीच व्यावसायिक सहकार्यका लागि सम्झौता

१२ पुस, मेचीनगर :  सूर्याेदय टिभि एण्ड मिडिया प्रालि (सूर्याेदय टेलिभिजन) कोशी प्रदेश, विर्तामोड झापा नेपाल र होटल अश्वत्थ कोशी प्रदेश मेचीनगर –०७ इटाभट्टाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको छ ।

शनिवार सूर्याेदय टिभि एण्ड मिडिया प्रालि (सूर्याेदय टेलिभिजनका कार्यक्रम प्रस्तोता) प्रतिनिधि लक्ष्मी उप्रेती र होटल अश्वत्वका अप्रेसन इञ्चार्ज नम्रता खड्काले सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सञ्चार उद्यमी प्रज्जवल घिमिरेको लगानी रहेको होटल अश्वत्वका हरेक गतिविधि तथा सूचना विज्ञापनका रूपमा टेलिभिजनले प्रशारण गर्ने तथा सो बापत होटलले मासीकरूपमा रकम भुक्तान गर्ने सम्झौता पत्रमा उल्लेख छ । पहिलो चरणमा तीन महिनाका लागि सम्झौता पत्रमा हस्ताक्षर भए पनि भविष्यमा दुवै पक्षको सहमति र सहकार्यमा सम्झौता थप गर्न सकिने छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको ‘अश्वत्थ’ दुई बिघाह क्षेत्रफलमा फैलिएको छ । डेढसय करोड रुपैयाँको लागानीमा सञ्चालनमा आएको हो । ‘अश्वत्थ’ मा ४४ वटा स्वीट्स र डिलक्स कोठा छन् । होटलले भावी दिनमा त्यलाई ८४ वटा पुर्याउने लक्ष्य लिइएको छ ।

होटलले इन्डोर स्वीमिङ पुल, जाकुजी, स्पा, ब्याङ्केट हल, ध्यान र योगका सुविधा प्रदान गर्दछ । यसमा क्यासिनोसमेत सञ्चालनको तयारीमा छ ।

सञ्चालक घिमिरेका अनुसार एसियाली राजमार्गको निर्माणले मेचीनगरमा पर्यटकीय गतिविधि बढ्ने सम्भावना देखेर लगानी गरिएको हो । होटल बागडोग्रा विमानस्थल र चन्द्रगढी विमानस्थलबाट करिब ३० किलोमिटरको दूरीभित्र रहेकोले बाह्य र आन्तरिक पर्यटक आकर्षित हुने विश्वास गरिएको छ।

भारतीय, भूटानी र बङ्गलादेशी पर्यटकलाई लक्षित गरी होटल खोलिएको छ। भविष्यमा इन्डोनेसिया र थाइल्यान्डबाट पनि पर्यटक सहजै नेपालमा भित्रिने अपेक्षा गरिएको छ।

यस होटलले हिमाली दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटको सुविधा पनि उपलब्ध गराएको छ । होटल सञ्चालनपछि सुरुवाती चरणमा ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.