७ माघ मेचीनगर : झापाको भद्रपुरमा लगभग एकदशकपछि आयोजना हुन लागेको झापा ओैंद्योगिक , व्यपार, कृषि तथा पर्यटन महोत्सव २०८२ आजदेखि शुरु हुदैंछ । झापा उद्योग बाणिज्य संघको सञ्चालन तथा भद्रपुर नगरपािलका महोत्सवको संरक्षक रहेको महोत्सव विहान ११ बजे भद्रपुर–०८ को मेची रंगशालामा विविध कार्यक्रमसहित समुदघाटन गर्ने तयारी भएको संघका कार्यवहाक अध्यक्ष राजकुमार राईले बताए । महोत्सव उद्घाटनको अन्तिम तयारीमा रहेको मंगलबार साँझ महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा बताईयो ।
माघ ७ देखि २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा कुल १३० वटा विभिन्न स्टल तयार गरिएको छ । कहोत्सवमा १२ण् वटा व्यापारिक तथा बाँकी १० वटा खiनाका स्टल रहने छ । १२५ वटा स्टल बुकिङ् भइसकेको अध्यक्ष राईले जानकारी दिए । महोत्सव सफल पार्न उद्योगी, व्यवसायी, सरकारी तथा गैरसरकारी संघ संस्थासहित सञ्चारकर्मी, अधिकारकर्मी, स्थानीय प्रशासनसहित सवैमा आयोजकले आग्रह गरेको छ ।
महोत्सवमा कम्तिमा १० करोड रुपैयाँ बराबरको करोवार तथा एक लाख बढी अवलोकनकर्ताले महोत्सव अवलोकन गर्ने तत्काली लक्ष्यका साथ महोत्सव सञ्चालन गर्न लागेको आयोजक संस्थाका कार्यवहाक अध्यक्ष राईले बताए ।
झापा जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वासथ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुरयाउने दिर्घकालिन र आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासी योग्य वस्तुमा जोड दिने मध्यकालीन लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको र महोत्सवले विगतदेखि सुस्ताएको झापाको पुरानो बजार भद्रपुर लाई चलायमान गराउने अपेक्षा गरिएको छ ।
पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजी गर्ने, सूचनाप्रविधि सम्बन्धी जानकारी गराउने, व्यवसायिक चेतना अभिवृद्धि गर्ने, बजार अनुसन्धान एवम् नयाँवस्तु विकासका अवसर सिर्जना गर्ने, स्थानीय लोक संस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने, उत्पादन र उपभोक्ताबीच सम्बन्ध अभिवृद्धि गर्ने, देश विदेशका व्यवसायीहरुसँग अनुभव आदान प्रदानको अवसर प्रदान गर्ने,पर्यटकीय स्थलहरुको पहिचान गरी सोको पैवद्र्धनमा सहयोग पुर्याउने, कृषिजन्य उत्पादनको बजार प्रवद्र्धन गर्ने, स्थानीय उत्पादनमा गुणत्मक सुधार गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँन सहयोग गर्ने, स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्ने एवम् उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्नेलगायतका विभिन्न उद्धेश्य महोत्सवको छ ।
युवाहरुको विदेश पलायनलाईनिरुत्साहित गदैं उद्योग व्यपार क्षेत्रमा लाग्न प्रेरित गर्दै रोजगारको सिर्जना गर्ने, विभिन्न वस्तु तथा सेवाहरुको एउटै स्थलमा प्रदर्शनी गरी उपभोक्ताहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, निकासीयोग्य वस्तुको पहिचान एवम् बजार प्रवद्र्धनमा सहयोग पुर्याउने बैदेशिक लगानीका सम्भावना पहिचान गरीत्यसका लागि आवश्यक वाताबरण निर्माणगर्ने पनि उद्धेश्य महोत्सवको रहेको छ ।
नेपाली संस्कृतिको विकासमा यो महोत्सवले निक्कै सहयोग पुर्याउने अपेक्षा गरिएको छ । ‘समृद्धि आधार, आर्थिक विकासः कृषि पर्यटन उद्योग र व्यापार ’भन्ने मुल श्लोग्नका साथ आयोजना हुन लागेको महोत्सवमा लक्ष्य पूरा गर्न घरेलु, कृषि, पर्यटन तथा अन्तर्रास्ट्रिय वस्तु तथा सेवाहरूको प्रवद्र्धनका लागि एकसय सय भन्दा विभिन्न स्टल राखिएको हो । यो महोत्सवले केही बर्षयता झापा जिल्लाका उद्योग – व्यवसाय क्षेत्रमा देखिएको आर्थिक मन्दी एवम् उद्योगी व्यवसायीहरूमा व्याप्त निराशालाई चिर्दै जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउने उद्धेश्यले झापा ओैंद्योगिक , व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष राईले जानकारी दिए ।यसले जिल्लाको उद्योग– व्यवसाय चलायमान गराउने मात्र नभएर झापाको कृषि, पर्यटन र यसक्षेत्रका आदिवासी जनजाति तथा अल्पसंख्यकहरूको संस्कृति, कला प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।
ओैंद्योगिक महोत्सव २०८२ ले वर्तमान विषम परिस्थितिलाई चिर्दैं उद्योगी तथा व्यवसायीहरूलाई आफ्ना उत्पादनहरू, सेवाहरू र व्यापारिक गतिविधि आत्मसात गर्ने प्लेटफम प्रदान गर्ने अपेक्षा गरिएको छ । सन् २०१९ को कोभिड महामारी र हालको आर्थिक मन्दी पछि पुनः आर्थिक क्षेत्रलाई चलायमान बनाई आर्थिक वृद्धि हासील गर्न खोजीरहेका उद्योगी व्यवसायीलाई यो महोत्सवको मञ्चका रूपमा एउटा महत्वपूर्ण कार्यक्रम बन्ने पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा उल्लेख छ ।झापा जिल्ला तथा अन्य छिमेकी जिल्लाका उद्योग व्यवसाय क्षेत्र, कृषि स्वास्थ्य, शिक्षा तथा पर्यटन, होटललगायतका अन्य व्यवसायीहरुले महोत्सव प्रायोजन तथा स्टलका लागि उत्साहजनक चासो देखाएको बताइएको छ ।
कृषि उत्पादन,बीउबीजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडीबुटी तथा औषधि, पर्यटन तथा शैक्षिक संस्था, छाला तथा छालाका सामानहरु, गार्मेन्ट तथा जुत्ता चप्पल,गलैचा तथा पश्मिना,सौर्य उर्जा तथा जल विद्युत,मोवायल तथा सूचना प्रविधि, घरजग्गा तथा निर्माण सामग्री, बेंक तथा वित्तिय संस्था, फनिर्चर तथा फर्निसिगं, दैनिक उपभोग्य सामानलगायतका वस्तु महोत्सवको स्टलमा र प्रदर्शनी तथा कारोवरका लागि राखिने छ । सेल्फीजोन, मनोरञ्जनात्मक खेल तमसा, स्थानीय तथा राष्ट्रियस्तरको साँगितीक र हास्यव्यंग कार्यक्रम ,स्थानीय गीत तथा नृत्य र साँस्कृतिक कार्यक्रम, बाल उद्यान,विभिन्न जातजातिको साँस्कृतिक, परम्परागत प्रदर्शनी तथा झाँकी प्रदर्शन मनोरञ्जनात्मक आकर्षण हुने बताईएको छ ।
कोशी प्रदेश सभा सदस्य छवि चुडाल, भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, भद्रपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनोज सुब्बालगायतले पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए । पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव सुमन्त मैनालीले गरेका थिए ।


































