निर्वाचनले आर्थिक गतिविधि चलायमान

१८ माघ मेचीनगर : केही समय अघिदेखि सुस्ताएको आर्थिक गतिविधि प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ ले केही चलायमान बनाएको छ । फागुन २१ गते हुन गईरहेको निर्वाचनमा सरकारदेखि उमेदवारसम्मले गरेको खर्चले गर्दा आर्थिक क्षेत्र चलायमान हुन थालेको हो ।
प्रतिनिधि सभाको निर्वाचनले थोरै भएपनि आर्थिक गतिविधि बढाउन थालेको व्यवसायीहरुले बताएका छन् । निर्वाचन प्रचारप्रसारदेखि मत पत्रको छपाइ, माइक तथा साउन्ड सिस्टम, पेट्रोलिय पदार्थ, होटल, रेस्टुरेन्ट, सवारी साधन लगायतको कारोबार बढेको सम्बन्धित व्यवसायीहरुको भनाई छ । खासगरी निर्वाचनका बखत कपडा, सवारी साधन, साउण्डसिस्टम, छापाखानामा बढी रकम खर्च गर्ने हुने बताइएको छ । उम्मेदवारले पनि कार्यकर्ता परिचालनमा अर्बौं रूपैयाँ खर्च गर्दछन् ।
निर्वाचनका विभिन्न गतिविधिले आर्थिक क्रियाकलाप चलायनमान बनाउँदा अर्थतन्त्रमा पनि टेवा पुग्ने अर्थशास्त्र विषयका प्राध्यापक धर्मानन्द खनालले बताए । निर्वाचनका क्रममा हुने खानपिनले कृषिजन्य वस्तु, मासु र मदिराको कारोबार बढ्न बताइएको छ ।
निर्वाचन नजिकिँदै गर्दा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । प्रतिनिधि सभाको निर्वाचनका कारण सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि हुने मेची पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको छ । निर्वाचन अवधिमा सवारी आवागमन, प्रचार–प्रसार तथा प्रशासनिक गतिविधि बढ्ने भएकाले इन्धन खपत ह्वात्तै बढ्ने गर्दछ ।
आगामी फागुन २१ गते हुने निर्वाचन लक्षित पेट्रोलियम पदार्थको जोहो शुरु भएको छ । चुनावका बेला अभाव हुन नदिने गरि पेट्रोल पम्पहरुले पनि यसको तयारी थालेका छन् ।
यसपटक भने, निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको आयोगले जनाएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारीको मनोनयनपत्र दर्ता, दाबी विरोध र निर्वाचन चिह्न प्रदानको कार्यक्रम सम्पन्न भइसकेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.