Tuesday, June 28, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

ओरालो लाग्दै अम्रिसोको निर्यात

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 7, 2020
  • 10:44 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य
0 0
A A
0
सेयर
26
हेरिएको
Share on FacebookShare on Twitter

 

काँकरभिट्टा २२ भदौ | पूर्वी पहाडी जिल्लामा मुख्यः नगदेवालीको रुपमा रहेको अम्रिसो माग भारतमा निक्कै बढ्ेको छ । भारतसहित बंगलादेशमा नेपालमा उत्पादन अम्रिसोको माग बढेको बढ्यै भएपनि विगत दिनवर्षदेखि पूर्वी काँकरभिट्टानाका हुदैं भारततर्फ जाने अम्रिसोको निर्यात बर्षेनी घट्दो मात्रामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । केही समय अघि हरेक बर्ष यसको निर्यात बृद्घिले माग बढ्ेसँगै निर्यात व्यपार पनि सन्तोषजनक थियो । तर,पछिल्लो समय माग बढे पनि निर्यात भने कम छ ।

अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ देखि मा यो नाका हुदैं ४२ करोड २६ लाख ५६ हजार मुल्य बराबरको १३ हजार २ सय ८ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । तर,यो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५÷२०७६ र २०७६÷२०७७ मा पूर्वीनाकाबाट हुने अम्रिसोको निर्यातमा निक्कै कम आएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका कार्यालय प्र्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७५÷२०७६ मा ३७ करोड ४० लाख २ हजार रुपैयाँ मुल्य बराबरको ११ हजार १ सय ३१ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो ।

यसअघिको आर्थिक वर्षको तुलनामा अम्रिसो निर्यात ४ करोड ८६ लाख ५४ हजार रुपैयाँ वा २ हजार ७७ मेट्रिक टनले कम भएको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा ओरालो लागेको अम्रिसोको निर्यात व्यपार गत आर्थिक वर्ष २०७६÷२०७७ मा समेत माथि उठ्न सकेन् । त्यो वर्ष काँकरभिट्टा नाका भएर ३४ करोड २५ लाख ८६ हजार रुपैयाँ मुल्य बराबरको १० हजार १ सय ९६ मेट्रिक टन अम्रिसो निर्यात भएकोछ ।

अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५को तुलनामा ८ करोड ७० लाख रुपैयाँ वा ३ हजार १२ मेट्रिक टन तथा आर्थिक वर्ष २०७५÷२०७६ को तुलनामा ३ करोड १४ लाख १६ हजार वा ९ सय ३५ मेट्रिक टनले अम्रिसोको निर्यात घटेको छ । नेपालका पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पाचथर, ईलाम र झापाका केहि केहि तथा संखुवासभा, सिन्धुली, वनेपा, हेटौडा लमजुङ्गमा उत्पादित अम्रिसो वार्षिक रुपमा अढाईदेखि तीनलाख वण्डल भारततर्फ निर्यात हुने गरेको व्यवसायीहरुको भनाई छ ।

नेपाली अम्रिसो भन्दा सिलङ्गमा उत्पादित अम्रिसोले भारतीय बजार बढी ओगटेको नेपाली व्यवसायीको भनाई छ । सिलङ्गबाट मात्र बर्षेनी पाँच देखि साढे पाँचलाख वण्डल अम्रिसो भारतका विभिन्न बजारमा पुग्ने गरेको बताइएको छ । नेपालबाट निर्यात हुने अम्रिसोले भारतको दिल्ली, बम्बै, कलकत्ता,राजस्थान, हैदरावादलगायतको बजार लिनेको गरेको छ । अम्रिसोको निकासी प्रकृया कुनै झण्झटिलो नभएका कारण व्यवसायीहरुले सहजैरुपमा निर्यात गर्ने गरेको कुचो व्यवसायीहरुको भनाई छ ।

निर्यात वापत सरकारले कृषिजन्य वस्तु भएका कारण भ्याट छुट गरेको छ । निकासी वापत एक वील बराबर १ सय १३ रुपैयाँ दस्तुर बाहेक अन्य कुनै पनि महशुल व्यवसायीले बुझाउनु नपर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो ।

झापा जिल्लामा मात्र तीनदर्जन बढी कुचो व्यबसायी रहेका छन् । झापाली कुचो व्यवसायीबाट प्रत्यक्ष अप्रत्यक्षरुपमा दुईहजार बढीले रोजगार पाएका छन् । कुचो व्यवसायीले बिभिन्न स्थानबाट काँचो अम्रिसो ल्याएर भण्डारण गर्ने, तीन चार घाम सुकाउने त्यसपछि दुई अढाई केजीको मुठ्ठा बनाई ५० केजीको बण्डल बनाएर निर्यात गर्ने गरेको छन् । यसले गर्दा धेरैलाई रोजगारको अवसर मिलेको नेपाली व्यवसायीहरुको भनाई छ । अघिल्ला आर्थिक वर्षमा निर्यात बढेपनि गत आर्थिक वर्षमा समय नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणकालागि भन्दैं अघिल्लो वर्षको चैत ११ गते नेपाल सरकारले लकडाउनका कारण पनि निर्यात कम भएको सरकारी अधिकारहिरुको भनाई छ ।

चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेपनि २६ गतेदेखि भारतसँग सँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकरभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प भएका कारण सवै सवारी साधन बन्द थिए ।

भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा आयात निर्यात नराम्ररी प्रभावित भएको व्यवसायीहरुको भनाई थियो ।

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

दशमहिनाफलफूल आयातबाट मात्रै करिब  ४६ करोड रुपैयाँ बाहिरियो
अर्थ / वाणिज्य

दशमहिनाफलफूल आयातबाट मात्रै करिब ४६ करोड रुपैयाँ बाहिरियो

June 27, 2022
ग्यास र पेट्रोलियम पदार्थको भाउ बढ्यो
अर्थ / वाणिज्य

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे

June 25, 2022
रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण

June 25, 2022
कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख
अर्थ / वाणिज्य

कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख

June 24, 2022
मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ
अर्थ / वाणिज्य

मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ

June 24, 2022
मधेस प्रदेशमा ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारकाे बजेट विनियोजन (पूर्णपाठ)
अर्थ / वाणिज्य

स्थानीय तहको बजेट आज

June 24, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

प्रधानमन्त्री कार्यालयको ताकेतापछि रेलको ठेक्का लगाउन बाटो खुल्यो

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In