नाग पञ्चमीको अवसरमा श्री नाग पञ्चमी त्रिदिवशिय कार्यक्रम शुरु

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
३१ साउन, मेचीनगर : झापाको मेचीनगर नगरपालिका वडा नम्बर- १ हिले सिमसार क्षेत्रमा नाग पञ्चमी त्रिदिवशिय धार्मिक एवम् सांस्कृतिक कार्यक्रम शनिबारबाट शुरू भएको छ । भोलीसम्म चल्ने कार्यक्रममा विभिन्न प्रतिस्पर्धात्मक साँस्कृति कार्यक्रम, गंगा आरती एवम् नाग पञ्चमीको महत्वलगायतका विषयमा आचार्य पंण्डितहरुले दिव्य प्रवचन दिने छन् ।

मनसा नागदेवी ४९ धाराद्वारा नाग पञ्चमी पर्वको अवसरमा श्री नाग पञ्चमी त्रिदिवशिय कार्यक्रम समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामकुमार राई थिए । मनसा देवी हिन्दु धर्ममा नागहरूको माता र सर्पले टोक्दा बचाउने देवी हुन् । “४९ धाराद्वार“ ले सम्भवत भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक सहर हरिद्वार (जहाँ मनसा देवीको प्रसिद्ध मन्दिर छ) वा त्यहाँका जलधारा/कुण्डहरूसँग जोडिएको सन्दर्भलाई बुझाउन खोजेको देखिन्छ ।

ऐतिहासीक धार्मिक एवम् पर्यटकयि तीर्थस्थल मनसा नागदेवी ४९ धारा पुग्ने जो कोहि लाई पनि नेपालको हिमालपारीको मुस्ताङ जिल्लामा रहेको एक प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल मुक्तिनाथको स्मरण हुन्छ । वा पूर्वकै गहना मनसा नागदेवी ४९ धारा मुक्तिनाथको झझल्को दिलाउने धार्मिक तथा पर्यटकीय गन्तव्य पनि हो । मुक्तिनाथमा १०८ वटा पानीका धारा र ज्वाला कुण्ड रहेका छन् भने, मनसा नागदेवीमा ४९ वटा पानीका धारा र कुण्ड रहेका छन् । जसरी मुक्तिनाथ हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र मानिन्छ, त्यसै गरी मनसा नागदेवी ४९ धारा पनि हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र मानिन्छ । यो क्षेत्र हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल पनि हो । पवित्र स्थल मनसा नागदेवीमा ४९ वटा ढुङ्गाले बनाएको हात्तीको मुखबाट निक्लीएका धाराहरु छन् । जसबाट पवित्र जल बगिरहेको हुन्छ भन्ने विश्वास जन्मानसमा छ । सँगै पाँच वटा मच्छ धारा रहेका छन् । माछाको मुखबाट पवित्र जल बगिरहेको हुन्छ । यहाँ स्नान गरे छालामा लाग्ने सवै खाले रोगको अन्त्य हुने, आफुले चिताएका सवै मनोकाँक्ष पूर्ण जन विश्वास रहि आएको छ ।

मनसादेवी ४९ धारा समितिका अध्यक्ष एवम् उद्घाटन सत्रका सभापति महेन्द्रराज मल्ल पहिला पहिला यहाँ संसारी पूजा हुने गरेको,र सीमसार भएका कारण यहाँ मत्स्य अवतार भएको बताउछन् । यहाँ देखिएको माछा समाएर घरमा लगे पछि घरका केटाकेटी विरामी भएको र धामी झाँक्रीलाई देखाउँदा मत्स्य अवतार समाएर घरमा ल्याएका कारणले विरामी भएको ती माछा त्यही लगेर छाड्न भनेपछि त्यही लगेर छाड्दा विरामी ठीक भएको बताउँछन् । यसकारण पनि यसक्षेत्रमा अहिले पाँच वटा मच्छ धारा रहेका छन् । हरेकवर्षको नाग पञ्चमीमा निक्कै ठुल्ठुला धार्मिक अनुष्ठानहरु लाग्ने गर्छ । धाराको ठिक अगाठी गणेश भगवानको मन्दिर छ , वरिपरी निक्कै ठुल्ठुला माछा पोखरीहरु छन् । ती पोखरी स्थानीयको निजी हो । जस्ले यसक्षेत्रको सौन्दर्यतामा निक्कै ठुलो भूमिका खेलेका छन् ।

त्यसक्षेत्रमा रहेका ४९ वटा धारा विभिन्न व्यक्तिहरुले आफ्‌ना पितृहरुको स्मरणमा बनाई दिएका हुन् । मच्छ धारा पनि स्थानीयले निर्माण गरेको र स्थानीय सरकारको समेत भूमिका रहेको धार्मिक व्यक्तित्व एवम् बाहुनडाँगी सिद्धीखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष हेमलाल गुरागाँईँ बताउछन् ।

हिन्दु धार्मिक मान्यता अनुसार यो यस्तो क्षेत्र हो,जहाँ मानिसहरुलाई मुक्ति तथा मोक्ष प्राप्त हुन्छ । यसक्षेत्रमा हजारौ संख्यामा हिन्दू धर्मावलम्बी स्नान र दर्शनका लागि यहाँ आउने गरेको छन् । उद्घाटन सत्रका प्रमुख अतिथि वडाध्यक्ष राईले यसक्षेत्रको विकास र प्रवद्र्धनका लागि स्थानीय सरकारले जस्तोसुकै साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । पूर्वी नेपालकै धार्मिक आस्था प्रकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम मनसा नागदेवी ४९ धाराका लागि स्थानीय समाजसेवीहरु जग्गादाता डिकेन्द्र थापा , शिवकुमार राई चन्द्र थापाले जग्गादान गरेका थिए ।

उद्घाटन सत्रमा कृष्णथुम्की धार्मिक पर्यटकिय क्षेत्रका अध्यक्ष हिम्मत क्षेत्री, बाहुनडाँगी खानेपानी संस्थाका पुर्व अध्यक्ष सनतकुमार अधिकारी, एस पी निकेतन प्रिन्सिपल दिपेश खड्का, विद्यार्थी एञ्जल भुजेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेवारी समुदायको लाखे नाच, किरात राई यायोख्याले राई समुदायको साकेला नाच, मेजस माविको साकेला नृत्यले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो भने, पानीमा डुबेर खेलिने हात्ते भकुण्डो खेलले सहभागीलाई अर्काषण गरेको थियो । उद्घाटनकै दिन मेची जनराधारण माध्यमिक विद्यालय मेचीनगर १, किरात यायोख्या मेचीनगर १ लगायतका संघ संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रम भोली साँझ गंगा आरती एवम् नाग पञ्चमीको महत्वलगायतका विषयमा आचार्य पंण्डित गोपालशरण निरौलाले दिव्य प्रवचन दिएपछि सम्पन्न हुने छ । आज प्रतिस्पर्धात्मक साँस्कृतिक कार्यक्रम हुने अध्यक्ष मल्लले जानकारी दिए ।

धार्मिक एवम् भजन गायक हेमकुमार प्रधानले संगीतमय शैलीमा सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई जग्गादाता एवम् पूर्व जनप्रतिनिधि डिकेन्द्र थापाले शब्दमार्फत स्वागत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.