निषेधाज्ञा भएपनि सेयर बजार बन्द नहुने

A notice in Nepali from Mechinagar Ward No. 10

यस पटक निषेधाज्ञा भएपनि सेयर बजार बन्द नगर्ने पक्षमा नेपाल धितोपत्र बोर्ड देखिएको छ । बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार निषेधाज्ञामा सेयर बजार बन्द हुनेछैन । यसअघि २०७६ साल चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन घोषणा गर्दा सेयर बजार पनि बन्द भएको थियो । लकडाउन घोषणा भएको दिनदेखि नै बन्द भएको सेयर बजार २०७७ सालको असार १५ गतेदेखि मात्रै खुलेको थियो ।

ढुंगाना भन्छन, ‘पहिला ब्रोकर, सिडिएससी र नेप्सेमा जानुपर्थ्यो । आफै नगइ केही काम हुँदैनथ्यो । तर अहिले काहिँपनि जानु पर्दैन । प्रविधिको विकास सँगै अनलाइन कारोबार गर्न सकिने भएको छ ।’

अनलाइन मार्फत घरबाटै सेयर कारोबार गरिने भएकाले बजार बन्द नहुने ढुंगानाले स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.