इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा माग भन्दा १.८७ गुणा बढी आवेदन, कतिले भरे ?

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भर्ने लगानीकर्ताको संख्या ११ लाख ७७ हजार ९२० जना पुगेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म १४ करोड १९ लाख ९६ हजार ९२० कित्ताका लागि आवेदन परेको छ । कुल १४ अर्ब १९ करोड ९६ लाख ९२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले माघ २ गतेदेखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो । यसआधारमा, सर्वसाधारणले मागभन्दा १.८७ गुणा बढी आवेदन दिएका हुन् ।

कम्पनीले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५% ले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो । यस आइपीओमा लगानीकर्ताले मंगलबार (माघ ६ गते) सम्म आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.