विर्तामोडमा एनएमवि बैंकको क्युआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

झापा। एन एम वि बैंक प्रदेश नं. एक अन्तर्गत विर्तामोड शाखाको क्यु आर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
एन एम वि बैंक प्रदेश नं.१को आयोजनामा विर्तामोड स्थित कृषि उपज बजारमा शुक्रबार क्यु आर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कृषि थोक बजारमा व्यवसाय गर्ने करिब २ सय ५० व्यसायिहरुलाई सरल तथा सुरक्षित कारोबारको लागि उक्त कार्यक्रम गरिएको बताइएको छ । विश्वबजार प्रविधिमैत्री बनिरहदाँ आफूहरुले कृषि थोक बजारमा उक्त कार्यक्रम ल्याएको एन एम वि बैकका मेघराज तिम्सिनाले बताए ।

नगद कारोबार गर्दा विभिन्न संक्रमण फैलन सक्ने, पैसा हराउने र च्यातिने समस्याबाट मुक्त हुन, खुजुरा साट्न हुने समस्याको अन्त्य गर्न, व्यसायिकहरुलाई बचत तथा बैंक कारोबारमा प्रेरित गर्न आदि धेरै उद्धेश्यका साथ विर्तामोडको कृषि उपज तथा थोक बजारमा उक्त कार्यक्रम गरिएको प्रदेश नं. १ का प्रमूख उत्सव घिमिरेले बताए । त्यस्तै विर्तामोड नगरपालिका डिजिटलाईजेसन र प्रविधिको क्षेत्रमा अघि बढेको कारण व्यसायिहरुले यस्तो किसिमको सेवा लिन र दिनको निम्ति क्यु आर कोडले सहयोग गर्ने कुरामा विर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र लिङदेनले जोड दिए ।

व्यवसाय गर्दा नगद कारोबारले आफ्नो कारोबार नदेखिने कारण धेरैले ऋण खान समस्या हुदै आएको वा अन्य विभिन्न ठाँउहरुमा बैंक स्टेटमेण्टमा समेत समस्याहरु हुने देखिएकोमा क्यु आरले यस्तो समस्याहरुमा सहयोग गर्ने कुरालाई कार्यक्रमका वक्ताहरुले अघि सार्दै सबैलाई बैंक प्रणालिमा जान र व्यवसायमा उक्त किसिमको क्यु आरको प्रयोग गर्न सबैलाई सुझाव दिएका थिए । कृषि उपज कृषिथोक बजारका सबै व्यवसायिहरुलाई उक्त क्युआर उपलब्ध गराउने साथै झापाका सबै क्षेत्रमा सबैखाले व्यवसायमा विस्तारै उक्त प्रविधिलाई लिएर अघि जाने बताइएको छ। कृषि थोक बजारमै इन्टरनेट सुविधाको पहूँज बढाउदै बैंकको ब्रान्चलेस सर्भिसको समेत व्यवस्था मिलाउने सम्मको योजना रहेको एन एम वि बैंक प्रदेश नं १ का प्रमूख उत्सव घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.