जलविद्युत् कम्पनीको शेयर किन्दा सजग रहन आग्रह, १५ वटा पक्ष हेर्न आयोगको सुझाव

A notice in Nepali from Mechinagar Ward No. 10

३ भदौ, काठमाडौं : जलविद्युत् कम्पनीको शेयरमा अस्वाभाविक मूल्य वृद्धि गराइएको हुन सक्ने भन्दै विद्युत् नियमन आयोगले सजग रहन लगानीकर्तालाई आग्रह गरेको छ ।

गलत क्रियाकलाप भएकै कारण जलविद्युत् समूहको शेयरमा अस्वाभाविक मूल्य वृद्धि भइरहेको भन्ने गुनासा र सूचनाप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले शेयरमा लगानी गर्नुअघि कम्पनीको विस्तृत वितरण हेर्न र खतराको विश्लेषण गर्न पनि अनुरोध गरेको छ ।

सूचीकृत कम्पनीले जानकारी र विवरण सार्वजनिक गर्दा सत्य र र निष्पक्ष जानकारी सार्वजनिक गर्नुपर्ने र जानाजान लगानीकर्तालाई झुक्याउने, बहकाउने र त्रुटिपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्धक तथा उत्पादन कम्पनीविरुद्ध कारबाही गरिने आयोगले चेतावनी दिएको छ ।

शेयरले दिन सक्ने प्रतिफल, कम्पनीका वित्तीय अवस्थालगायतको ख्याल गरेर मात्रै लगानी गर्न विद्युत् नियमन आयोगको आग्रह रहेको छ । आयोगले विभिन्न १५ वटा पक्षको मूल्याङ्कन गरेर मात्रै लगानी गर्न सुझाव दिएको छ ।

[elfsight_pdf_embed id=”4″]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.