नोबेलमा १५५० मै सुरु भयो पीसीआर परीक्षण, मूलुककै सबैभन्दा सस्तो

A notice in Nepali from Mechinagar Ward No. 10

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेका बेला नोबेललेसर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो ।

नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको थियो । तर, सरकारी स्तरबाट एक महिना ढिलाई गरी आईतबार परीक्षणको अनुमति प्राप्त भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै पीसीआर परीक्षण थालिएको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘हामीले पीसीआर मेसिन ल्याएर ल्याब बनाई परीक्षणका लागि एक महिना अघि नै सम्पूर्ण तयारी गरेर अनुमतिपर्खिरहेका थियौं ।’ डा.शर्माले भने–‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमतिदिएपछिपीसीआर परीक्षण सुरु गरेका हौंं ।’


कोरोना परीक्षणका लागि नोबेलले दुई वटा अत्याधुनिक अमेरीकन पीसीआर मेसिन ल्याएको छ । सुरक्षित तवरले परीक्षणका लागि नोबेलले बेग्लै ल्याब निर्माण गरेर पीसीआर परीक्षण थालेको हो । दुई वटा पीसीआर मेसिन भएकाले एक दिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिनेनोबेलका बरिष्ठ ल्याब अधिकृत गणेश कुमार सिंहले बताए ।उनका अनुसार ४ देखि ६ घण्टा भित्रै रिपोर्ट दिईनेछ । यता, नोबेलले पीसीआर परीक्षण शुल्क १ हजार ५ सय ५० रुपैयाँ तोकेको छ । यो मूलुककै सबैभन्दा सस्तो पीसीआर परीक्षण शुल्क हो ।

यसअघि सरकारले ५ हजार ५ सय पीसीआर परीक्षण शुल्क तोकेका बेला नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले २ हजार ४ सय ९९ रुपैयाँमै पीसीआर परीक्षण गर्ने घोषणा गरेका थिए । तर, नोबेललाई परीक्षण अनुमति दिन ढिलाई गरेर सरकारले सोहीबीचमा परीक्षण शुल्क दुई पटक घटाई २ हजार कायम गरेको छ । यसबीचमा सरकारले पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेको थियो । काठमाडौं मेडिकल कलेज अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका डा.शर्माले सरकारले तोकेको भन्दा १ हजार ९ सय कम शुल्क अर्थात २ हजार ५ सय मै केएमसीमा पीसीआर परीक्षण गराएका थिए । अहिले केएमसीमा १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.