भारतमा एकै दिन ३० हजार एक सय २५ जना कोरोनाको नयाँ बिरामी थपिए

एजेन्सी ।विश्वका अरु मुलुकमा भन्दा पछिल्लो २४ घण्टाभित्र छिमेकी मुलुक भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमित धेरै थपिएका छन् । 

कोरोनाको दोस्रो भेरियन्टबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक भारतमा एकै दिन ३० हजार एक सय २५ जना नयाँ बिरामी थपिएका हुन् । सङ्क्रमित सङ्ख्या तीन करोड १४ लाख ३९ हजार सात सय ६४ पुगेको छ । तीन करोड छ लाख १३ हजार ४७ जना उपचारपछि निको भएका छन् । 

पछिल्लो २४ घण्टामा ४१ हजार छ सय ४८ जना सङ्क्रमणमुक्त बनेका छन् । चार लाख पाँच हजार तीन सय छ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । 

एकै दिन भारतमा चार हजार १५ सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण चार लाख २१ हजार चार सय ११ जना भारतीय नागरिकको मृत्यु भइसकेको  छ । भारत कोरोना महामारीबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । 

कोरोनाको दोस्रो भेरियन्टबाट नराम्ररी प्रभावित बनेको भारतमा यसअघि दैनिक चार लाख भन्दा बढी नयाँ बिरामी भेटिने गरेका थिए । छ हजार जनासम्मको मृत्यु कोरोनाका कारण हुने गरेको थियो । पछिल्लो समय भारतमा सङ्क्रमण र मृत्युदर कम भएको छ । 

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक अमेरिकामा एकै दिन २३ हजार आठ सय १७ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या तीन करोड ५२ लाख ५६ हजार नौ सय २५ पुगेको छ । दुई करोड ९५ लाख ३६ हजार छ सय ७१ जना उपचारपछि निको भइसकेका छन् । 

पछिल्लो २४ घण्टामा १९ हजार आठ सय ४५ जना सङ्क्रमणमुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ५० लाख ९३ हजार तीन सय ५५ जनाको उपचार जारी रहेको छ । उपचाररतमध्ये आठ हजार तीन सय २३ जनाको अवस्था गम्भीर छ । 

अमेरिकामा एकै दिन ६७ सङ्क्रमितको मृत्यु भयो । कोरोनाका कारण हालसम्म मृत्यु हुने अमेरिकी नागरिकको सङ्ख्या छ लाख २६ हजार नौ सय १९ पुगेको छ । 

ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र १८ हजार नौ सय ९९ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या एक करोड ९७ लाख सात हजार छ सय ६२ पुगेको छ । एक करोड ८३ लाख ४९ हजार चार सय ३६ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । 

आठ लाख सात हजार सात सय २४ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिलमा एकै दिन पाँच सय तीन जनाको मृत्यु कोरोनाका कारण भएको छ । 

हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ५० हजार पाँच सय दुई पुगेको छ । विश्वमा अमेरिकापछि ब्राजिलमा धेरै सङ्क्रमितको मृत्यु भएको छ । समग्र सङ्क्रमणको हिसाबमा ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । 

विश्वमा एकै दिन चार लाख १५ हजार छ सय ९० जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या १९ करोड ५२ लाख ९४ हजार आठ सय ८१ पुगेको छ । १७ करोड ७० लाख ९६ हजार दुई सय २९ जना उपचारपछि निको हुँदै कोरोनामुक्त भइसकेका छन् । 

पछिल्लो २४ घण्टामा तीन लाख ३१ हजार आठ सय ७४ जना सङ्क्रमणमुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड ४० लाख १६ हजार सात सय ३७ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ८४ हजार आठ सय १७ जनाको अवस्था गम्भीर छ । 

एकै दिन विश्वमा छ हजार सात सय ८४ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ४१ लाख ८१ हजार नौ सय १५ पुगेको छ । 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.