झापाका संक्रमित पत्रकारको सम्पर्कमा रहेकाहरुको खोजी सुरु

झापा । बिर्तामोडका एकजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले शुक्रवार स्वाब परीक्षण गराएका थिए ।
रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको बिर्तामोडको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित पत्रकारको सम्पर्क १०० जनाभन्दा बढीसँग भएको प्रारम्भिक जानकारी स्वास्थ्य शाखाले लिएको हो । सम्पर्कमा रहेकामा अधिकांश पत्रकार छन् ।
झापाको धुलाबारीमा होटल मेची क्राउनले बुधबार आयोजना गरेको रात्री भोजसहितको पत्रकार सम्मेलनमा उनको पनि सहभागिता थियो ।

पत्रकार सम्मेलनमा झापा, मोरङ र सुनसरीका ६२ जना पत्रकार सहभागी थिए । पत्रकार सम्मेलन अघि र पछि होटल परिसरमा फोटो खिच्ने खिचाउने गरिएको थियो । संक्रमण भए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ ।

चिनजानका आफन्त, मिडिया हाउसका सहकर्मीसँग पनि उनको नियमित सम्पर्क रहेको थियो । उनी संक्रमित भएपछि झापाका पत्रकारको पीसीआर परीक्षण अनिवार्य देखिएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.