Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह कोरोना अपडेटनेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन ३४३९ संक्रमित, उपत्यकामा मात्रै १६८४ संक्रमित

नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन ३४३९ संक्रमित, उपत्यकामा मात्रै १६८४ संक्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४२०९ जनाको पीसीआर परीक्षण गर्दा ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै १६८४ जना संक्रमित भएका छन् । काठमाडौंमा १२९६, भक्तपुरमा ९५ ललितपुरमा २९३ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११२६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६८६६८ रहेको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु