Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह अन्तर्राष्ट्रियकोरोना महामारीः अमेरिकाले राख्यो फेरि अर्को रेकर्ड

कोरोना महामारीः अमेरिकाले राख्यो फेरि अर्को रेकर्ड

एजेन्सी । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड पार भएको छ । योसँगै अमेरिका विश्वमा कोरोना संक्रमितहरुको संख्या १ करोड पार गर्ने पहिलो देश बनेको छ । अहिले त्यहाँ संक्रमितको संख्या १ करोड २८ लाख ८ हजार ४ सय ८० पुगेको छ । रोयटर्सका अनुसार अमेरिकामा कोरोनाको तेश्रो चरण सुरु भएको छ ।

पछिल्ला १० दिनमा अमेरिकामा लाखौंको संख्यामा संक्रमितहरु देखिएका छन् । राजधानी वासिङ्गटनमा २ सय ९३ दिन पहिले केरोना संक्रमितको एउटा मात्र केश भेटिएको थियो । तर केही दिनअघि(शनिबार) २४ घण्टामा १ लाख ३१ हजार ४ सय २० जना संक्रमित देखिए ।

अमेरिकामा पछिल्लो सात दिनमा संक्रमणको नयाँ मामला औसत १ लाख ५ हजार ६ सय छ । त्यहाँको संक्रमण दर भारत र फ्रान्सको भन्दा धेरै देखिन्छ । भारतमा अहिले संक्रमितहरुको संख्या ८५ लाखभन्दा बढी पुगेको छ भने फ्रान्समा १७ लाखभन्दा बढी छ ।

विश्वभर अहिले संक्रमितहरुको संख्या ५ करोड ७ लाख ३७ हजार ८ सय ७५ पुगेको छ भने १२ लाख ६२ हजार १ सय ३० जनाको मृत्यु भएको छ । त्यस्तै निको हुनेहरुको संख्या ३ करोड ५७ लाख ९५ हजार २ सय ५२ रहेको छ । अमेरिकामा २ लाख ४३ हजार ७ सय ६८ जनाको मृत्यु भएको छ भने ६४ लाख ८३ हजार ४ सय २० जना निको भएका छन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु