Sunday, June 20, 2021
- बिज्ञापन -
गृह कोरोना अपडेटमेचीनगर नगरपालिकाका कर्मचारीको कोरोनाका कारण निधन

मेचीनगर नगरपालिकाका कर्मचारीको कोरोनाका कारण निधन

मेरो मेचीनगर डेस्क,मंसिर ७ ।
कोरोना संक्रमणका कारण झापाको मेचीनगर नगरपालिकाका एक कर्मचारीको निधन भएको छ । मेचीनगर वडा नं ४ मा कार्यालय सहयोगीको रुपमा कार्यरत ४९ बर्षीय गणेश खड्काको उपचारकै क्रममा निधन भएको मेचीनगर ४ का वडा अध्यक्ष नबिन बरालले जानकारी दिनुभयो ।

कोभिड १९ को संक्रमण भएपछि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो साँझ निधन भएको बरालले बताउनुभयो ।
खड्कालाई करिब २ हप्ता अघि खागोले टोके पछि उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको थियो । उपचारकै क्रममा कोभिड १९ को समेत संक्रमण भेटिए पछि बिपि कोइराला प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा खड्काको उपचार चलिरहेको थियो । स्वर्गिय खड्काको कन्काई घाटमा नेपालीको सेनाको टोलीले दाहसंस्कार गरेको बरालले बताउनुभयो ।

दाहसंस्कारको क्रममा प्रदेश सांसद, नगरउपप्रमुख, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । खड्काको निधनमा मेचीनगर नगरपालिकाले आइतबार नगरकार्यपालिका र वडा कार्यालयहरुमा एक दिनको शोक बिदा समेत दिएको थियो ।

खड्काको निधनसंगै मेचीनगरमा कोरोना संक्रमणबाट निधन मृत्यु हुनेको संख्या ७ पुगेको छ । मेचीनगरमा ४ महिला र ३ पुरुषको कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु