‘आइसोलेसन’ले वृद्धवृद्धाको स्वास्थ्यमा असर गरिरहेको छ ?

कोरोना भाइरसको महामारी सुरुभएसँगै यसको जोखिममा वृद्धवृद्धा र दीर्घरोगीहरु रहेको भन्दै उनीहरूलाई सचेत हुन आग्रह गरियो । अहिलेसम्म पनि अत्यावश्यक काममा पनि सकेसम्म घरका अन्य सदस्यलाई पठाउने र लगभग बाहिर निस्कन स्वयंप्रतिबन्ध नै लगाएर बसेका छन् जोखिम समूहका व्यक्तिहरू ।

यही प्रतिबन्धका कारण हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमण हुने ६० वर्षमाथिका व्यक्तिहरूको संख्या न्यून छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० देखि ७० वर्षका वृद्धहरू अहिलेसम्म जम्मा ८८५ जनामा संक्रमण देखिएको छ । सोही उमेर समूहका वृद्धाहरू ४४६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, ७० देखि ८० वर्षका वृद्ध ३४८ र वृद्धा २२५ जनामा कोरोना संक्रमण देखिएको छ । ८० वर्षभन्दा माथिकाहरूमा १०१ जना पुरुष र ६५ जना महिलामा कोरोना संक्रमण भएको छ । यो संख्या देशभर संक्रमित ४५२७७ जनामध्येको हो ।

आइसोलेसनमा बसिरहँदा कोरोनाबाट त जोगाइएला तर यही आइसोलेसनका कारण भने वृद्धाहरू अन्य स्वास्थ्य समस्याबाट कति जोखिममा छन् त ? कोरोना संक्रमणको त्रासले घरभित्रै थुनिएर बसेका वृद्धाहरूमा लामो समयसम्म यही कारणले अरू स्वास्थ्यमा समस्या त सिर्जना हुने होइन ? यही प्रश्नको उत्तर अमेरिकाबाट प्रकाशित हुने वालस्ट्रिट जर्नलले विभिन्न मनोवैज्ञानिकहरूसँग खोजेको छ ।

जर्नलमा प्रकाशित रिपोर्र्टमा लामो समयसम्म घरभित्रै आइसोलेसनमा बस्ने वृद्धवृद्धाहरूमा अरू किसिमका स्वास्थ्य समस्या निम्तिन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।

पछिल्लो ६ महिनादेखि सिंगो समाज नै बुढेसकाल लागेका र दीर्घरोगीलाई कोरोनाबाट बचाउने ध्यानमा लागेको छ । बाहिर हिँडडुल गर्ने छोराहरू कोरोनाको आशंकाकै कारण बाबुआमालाई भेट्न जान छाडेका छन् । घर, अस्पताल या अन्यत्र जहाँ सुकै भए पनि अहिले बुढेशकाल लागेकाहरूलाई नातिनातिनाको स्पर्शको अभाव छ । उनीहरू लामो समयसम्म बच्चाहरूसँग छुट्टिएर बस्न बाध्य भएका छन् । अहिलेको कोभिडका कारण भेटघाट असम्भव हुँदा पनि वृद्धवृद्धाहरूमा भिन्दै खाले एक्लोपनले सताउने र अनेक स्वास्थ्य समस्या सिर्जना हुन सक्ने जर्नलमा प्रकाशित रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भनिएको विषय नेपाल जस्तो धेरै नातागोता र सम्बन्धसँग नियमित सम्पर्क हुने एवं हजुरबा÷आमाहरूको नातिनातिनाप्रति अगाध प्रेम हुने समाजमा झनै सान्दर्भिक हुने देखिन्छ ।

सो रिपोर्टअनुसार मानिसको मस्तिस्कले कसरी काम गर्छ भन्ने विषयमा खोजी गर्दै जाँदा वैज्ञानिकहरूले स्नायु र शारीरिक परिवर्तनहरूको स्पष्ट तस्वीर प्राप्त गरेका छन् । जुन मानिसहरू एक्लै बस्ने क्रममा उसको शारीरिक र स्नायु प्रणालीमा पर्ने प्रभावसँग सम्बन्धित छ । यी परिवर्तनहरूले यो वर्णन गर्न मद्दत गरेको छ कि किन एक्लै बस्ने र सामाजिक अन्तक्र्रिया गर्नेहरूमा धेरै मुटुरोग, डिमेन्सिया, अल्जाइमर जस्ता समस्याहरूले सताउने गर्छ ?

धेरै अनुसन्धानले देखाएको कुरा यो पनि हो कि सामाजिक रूपमा सक्रिय व्यक्ति र सामाजिक एकीकरणले त्यस समाजको सदस्यको स्वास्थ्य र दीर्घायुमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेलेको हुन्छ । त्यसको ठीक विपरीत आइसोलेसन जस्ता एक्लै बस्नुपर्ने नियमले विशेषगरी उमेर ढल्किएका मान्छेको स्वास्थ्यमा असर गर्ने जानकारहरू बताउँछन् । सोही जर्नलमा प्रकाशित रिपोर्टमा युटा विश्वविद्यालयका मनोविज्ञान प्रोफेसर बर्त उचिनोले भनेका छन् ‘प्रत्येक जैविक प्रणालीलाई मनोवैज्ञानिक सम्बन्धहरूले कुनै न कुनै रूपमा प्रभाव पारिरहेकै हुन्छ ।’ उचिनो सामाजिक सम्बन्धहरूले स्वास्थ्यलाई असर गर्ने तरिकाको बारेमा अध्ययन गरिरहेका प्राध्यापक हुन् ।

महामारीमा बस्नुपर्ने घरभित्रैको बसाइले केवल बुढापाका मात्रै होइन, बच्चाहरूलाई समेत असर गर्ने उचिनोको अध्ययनले देखाएको छ । किनकि प्रचुर स्वतन्त्रताको खोजी गर्ने बच्चाहरू सानै उमेरमा कडा नियम मानेर घरभित्रै बस्नुपर्दा उनीहरूले समेत नकारात्मक समस्याको सामना गर्नुपर्ने हुन्छ भन्ने उनको बुझाइ छ ।

त्यस्तै, फिनिक्सको मेयो क्लिनिककी रेजिस्टर एटोरिया बोदागीले भन्छिन् ‘सबै जना वृद्धवृद्धालाई यो रोगबाट जोगाउनको लागि जुन किसिमको विधि अपनाइएको छ, त्यो सही विधि होइन ।’

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.