झापामा आज थपिएका १५ संक्रमितमध्ये १४ जना स्थानीय

मेचीनगर, २२ भदौ । झापामा आज १५ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार थपिने संक्रमितमा १४ जना स्थानीय र १ जना भारतबाट आएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बाह्रदशी गाउँपालिका–५ नम्बर वडाका १ जना पुरुष, बिर्तामोड नगरपालिका–६ नम्बर वडाका १ जना पुरुष र कनकाई नगरपालिका–३ र ७ नम्बर वडाका ७ जना महिला र ६ जना पुरुष छन् ।

बाह्रदशीका ३० वर्षीय र बिर्तामोडका ३६ वर्षीय स्थानीय पुरुष हुन् । कनकाईका १७ वर्षकादेखि ८४ वर्षका १३ जनामध्ये १ जना भारतबाट आएका हुन् भने अन्य १२ जना स्थानीय रहेको चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ६७९ पुगेको छ भने कोभिड अस्पतालबाट निको भएर घर फर्किएका ४९८ जना रहेको उनले जानकारी दिए ।

अझै १७८ जना सकृय संक्रमित आइसोलेसनमा रहेको बताइएको छ । झापामा हालसम्म कोरोनाका कारण ३ जनाको ज्यान गईसकेको छ ।

हालसम्म झापामा २२ हजार ८५ जनाको स्वाबको नमुना संकलन गरिएको फोकल पर्सन चौलागाईले जानकारी दिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.