Thursday, May 6, 2021
- बिज्ञापन -
गृह कोरोना अपडेटमेचीनगरमा एक स्थानीय सहित ३ जनामा कोरोना संक्रमण

मेचीनगरमा एक स्थानीय सहित ३ जनामा कोरोना संक्रमण

मेचीनगर | झापाको मेचीनगरमा शुक्रबार३ जानमा नोबल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार भारतको पश्चिम बंगाल राज्यको सिलिगुडीबाट आएर मेचीनगर-१० स्थित होटल क्वारेन्टाइनमा बसेका पति पत्नी सहित ३ जानमा संक्रमण पुष्टि भएको हो ।

शाखा संयोजक शशीकला राईका अनुसार मेचीनगर -२ कि १ महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । राईका अनुसार बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा अन्य उपचारका लागि पुगेकी ति महिलाको पिसिआर परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

उनलाई घर आएको केहि दिनपछि कोरोना संक्रमण भएको थियो । उनको स्वाबको नमुना संकलन धरान अस्पतालमा नै गरिएको थियो । धरानले शुक्रबार पठाएको उनको रिपोर्टमा पोजेटिभ आएको नगरपालिकाले जनाएको छ ।

होटल क्वारेन्टिनमा बसेका मेचीनगर-१० का पति पत्नीको ४ दिनअघि स्वाबको नमुना संकलन गरिएको थियो । शुक्रवार उनीहरुको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको राईले बताउनु भयो ।

उनीहरुलाई धाइजनको आइसोलेसन सेन्टरमा तथा  वडा नं २ की महिला होम आइसोलेसनमा राखिने नगरपालिकाले जनाएको छ ।

यो सँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १२६ पुगेको छ भने निको भएर घर फर्किएका १०९ जना छन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु