काठमाडौँ | कोरोना संक्रमणबाट २४ घन्टामा देशभर थप ५ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृतकमा १ महिला र ४ जना पुरुष रहेको बताए । उनका अनुसार मोरङकी ४० वर्षीया महिलासहित महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, काठमाडौँका ७० वर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।





















