प्रदेश १ मा ४६ कोरोना संक्रमित थपिए

प्रदेश १ मा आइतबार ४६ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १८ महिला र २० पुरुष, धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुषमा कोरोना पुष्टि भएको छ। खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ४२ पुगेको छ। प्रदेश १ मा ७ जना डिस्चार्ज भएका छन्। उनीहरू मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ।

प्रदेश १ मा ५ सय ४७ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २० महिला र २६ पुरुषमा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार हालसम्म १ लाख ७ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण गरिएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.