प्राइम बैंक काँकरभिट्टाकी महिला कर्मचारीमा कोरोना संक्रमण

झापाको मेचीनगर ६ काँकरभिट्टा स्थित प्राइम बैंककी एक कर्मचारीमा कोरोना भाईरस (कोभिड १९ ) संक्रमण पुष्टि भएको छ ।

मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले दिनु भएको जानकारी अनुसार प्राइम बैंक काँकरभिट्टा शाखामा कार्यरत मेचीनगर वडा नं ६ की एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत भदौ २३ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित पीसीआर प्रयोगशाला पठाइएको थियो ।

६१ वटा नमुना मध्ये ६० वटा पीसीआर नतिजा नेगेटिभ आउँदा १ जनाको नतिजा पोजेटिभ आएको बरालले बताउनु भयो ।

प्रयोगशालाबाट आज प्राप्त नतिजामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित महिलालाई मेचीनगर ११ स्थित धाईजन स्वास्थ्य चौकी भवनको आइसोलेशन सेन्टर लगिएको समिति संयोजक बरालले बताउनु भयो ।

आज थप एक जनामा कोरोना संक्रमण पुष्टिहुँदा मेचीनगरमा कोरोना संक्रमितको संख्या १२७ पुगेको छ ।

जसमा ११० जना संक्रमण मुक्त भई घर फर्कदा १७ जना आइसोलेशनमा उपचाररत रहेका छन् ।

यसअघि समेत प्राइम बैंक इटाभट्टा शाखाकी एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.