यसरी हुँदैछ पोखराबाट देशभर सार्वजनिक यातायात सञ्चालनको तयारी

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. ले असोज १ गतदेखि पोखरा लगायत देशैभर सवारीसाधन सञ्चालनमा ल्याउनको लागि अन्तिम तयारी गरेको छ  ।

कम्पनीको पोखरा स्थित कार्यालय भवन अघि गुडाउनका लागि तयार राखेका गाडीहरुमा निसंक्रमण गरेर देखाउदै कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले आफुहरु १ गतेबाट देशभर सवारीसाधन संचालनको अन्तिम तयारीमा जुटेको बताउनुभयो ।

अध्यक्ष केसीले सवारीसाधनमा यात्रु चढ्नु अघि पूर्ण रुपमा निसंक्रमित गरेर मात्र यात्रु चढाउने र यात्रु झरेपछि पनि निसंक्रमित गर्ने बताउदै सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर नै सवारीसाधन संचालनमा ल्याइने जानकारी दिनुभयो । “हामीहरूले नेपाल सरकारले जारी गरेको कोभिड १९ सार्वजनिक यातायात सञ्चालन कार्यविधि निर्देशिका भित्र रहेर उच्च सुरक्षा र सावधानी अपनाउँदै प्रति २ सिटमा १ जना राखेर सवारीसाधन सञ्चालन गर्छौ । “उहाँले भन्नुभयो “निसंक्रमित अथवा स्यानीटाइज गर्ने कार्य हामीले गर्छौ, यात्रुहरुले आनिवार्य रुपमा मास्क लगाउनुपर्ने हुन्छ ।“

निजी सवारीसाधनलाई थुनछेक बिना सुरक्षाका मापदण्ड नअपनाई ५ /७ हजार चर्को भाडा उठाएर यात्रु ओसार्न दिने तर सुरक्षा अपनाएर सार्वजनिक सवारीसाधन सञ्चालन गर्छौ भन्दा सरकारले चाँसो  नदिएको भन्दै अध्यक्ष केसीले गुनासो समेत व्यक्त गर्नुभयो ।

यातायात व्यवसायी र मजदुरलाई कोरोनाले भन्दा पनि भोकले मर्न नदिनका लागि सवारीसाधन सञ्चालन गर्ने निष्कर्षमा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष एवं कम्पनीका प्रमुख सल्लाहकार ऐन कुमार साईले बताउनुभयो ।

“झन्डै ६ महिनादेखि यातायात व्यवसायीहरू आफ्ना साधनहरू घर ग्यारेजमा थन्क्याएर राख्दा समेत कोरोना संक्रमण घट्नु भन्दा झन् बढेको छ”, साईले भन्नुभयो, “कोरोनाका कारण भन्दापनि भोकका कारण  यातायातका मजदुर र स्वरोजगार व्यक्ति मर्ने अवस्थामा नहोस भनेर देशभर यातायात संचालन गर्न लागेका हौँ।“

महासंघले देशका सातवटा प्रदेशभर असोज १ गतेबाट सार्वजनिक सवारी संचालन गर्ने निर्देशन गरिसकेको बताउदै साईले यदि सरकारले १ गतेबाट सवारीसाधन संचालन गर्न नदिने हो भने यातायात व्यवसायी र आश्रित मजदुरलाई राहात प्याकेज ल्याउनुपर्ने बताउनुभयो । सरकारले मजदुर र मजदुरमा आश्रित परिवारलाई बाच्ने आधार सरकारले तयार गर्नुपर्ने उहाँको भनाई  छ । पोखरामा गण्डकी इको टेक्नोलोजी प्रा.लि ले कम्पनीका सवारीसाधनमा सेनिटाइजेसन मार्फत निसंक्रमितको प्रक्रिया प्रदर्शन गरेर देखाएको थियो ।

पृथ्वी राजमार्ग बस व्यवसायी कम्पनीले देशभर १४ सय सवारी सञ्चालन गर्दै आएको छ । “नेपालमा करिब ४ लाख यातायात व्यवसायीहरू रहेको र ती ४ लाख व्यवसायीले १२ लाख जनालाई प्रत्यक्ष रोजगार दिएको बताउदै कम्पनिले  १२ लाख मजदुरका घर परिवार गरी ४० देखि ४२ लाख मानिस कोरोनाका कारण मारमा परेको बताउदै आएको छ ।

कास्कीमा भने प्रशासनले भदौ २७ गते राती १२ बजेदेखि सार्वजनिक सवारी संचालन गर्न भनिसकेको  छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.