कोरोना संक्रमण विश्वमा सबैभन्दा तीव्र भारतमा : डब्लूएचओ

A notice in Nepali from Mechinagar Ward No. 10

विश्वमा एक दिनमा महामारी फैलिएयताकै बढी संख्यामा संक्रमित थपिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ३ लाख ७ हजार ९ सय ३० जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टाभित्र थपिएको संक्रमतिको यो संख्या अहिलेसम्मकै बढी भएको डब्लूएचओले जनाएको छ।

त्यसमा पनि सबैभन्दा बढी संक्रमित छिमेकी मुलुक भारतमा थपिएका छन्।

डब्लूएचओको रिपोर्टअनुसार भारतमा ९४ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसपछि क्रमशः अमेरिकामा ४५ हजार ५ सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस अवधिमा अमेरिका र भारत दुवै देशमा कोरोनाका कारण हजारभन्दा बढी मानिसको मृत्यु भएको डब्लूएचओले जनाएको छ।

डब्लूएचओको तथ्यांकअनुसार बितेको २४ घण्टामा ब्राजिलमा ८७४ जनाको मृत्यु भएको छ। विश्वभरमा भने ५ हजार ५ सय जनाको जयन गएको छ। योसमेत गरेर विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको डब्लूएचओको तथ्यांकमा उल्लेख छ।

सबै जोड्दा विश्वमा कोरोनाबाट संक्रमण भएका व्यक्तिको संख्या २ करोड ८० लाख नाघिसकेको डब्लूएचओले जनाएको छ। तीमध्ये लगभग आधा मानिस अमेरिकाका छन्।

डब्लूएचओका प्रवक्ताका अनुसार यसअघि २४ घण्टामा सबैभन्दा बढी संक्रमण पुष्टि सेप्टेम्बर ६ मा भएको थियो। त्यस दिन ३ लाख ६ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको थियो।

डब्लूएचओका अनुसार सेप्टेम्बेरयता भारतमा कोरोना संक्रमणबाट दैनिक हजारभन्दा बढी मृत्यु भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.