१ हजार ३२० जना संक्रमण मुक्त :२ हजार ६२४ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

३० साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ३२० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९४७ संक्रमण देखिएको छ भने ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १३ हजार ५७३ जनाको कोरोना परीक्षण गर्दा २ हजार ६२४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३९ हजार ४०५ रहेकाे छ । त्यस्तै कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।

यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ३० हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७४ हजार ७११ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ८० हजार ८१५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.